site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
कार्यकर्ताले हामी तीन भाइको एकता खोजेका छन्

विमलेन्द्र निधि–उपसभापति, नेपाली कांग्रेस


विमलेन्द्र निधि कांग्रेसको सभापतिका दाबेदारमध्ये एक हुन् । उनी पार्टीभित्र बलियो दाबेदारका रुपमा चिनिएका छन् ।

लामो समयदेखि शेरबहादुर देउवाका विश्वासपात्र रहेका निधि अहिले भने देउवाको साथमा छैनन् । देउवासँगै चुनावी प्रतिष्पर्धामा छन् । 

कतिपय कांग्रेस नेताले ‘उमेदवारी दर्ता गर्नेबेलासम्मका लागि मात्रै’ भनेर आलोचना नगरेका होइनन् । तर बाह्रखरीसँगका दुईवटा कुराकानीमा निधि आफ्नो उमेदवारीप्रति प्रष्ट देखिन्छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन, देउवासँगको सम्बन्ध, अहिलेको परिवर्तन, तीन नेताले दिन खोजेको सन्देशलगायतका विषयमा केन्द्रित रहेर बाह्रखरीकर्मी बलराम पाण्डे, अक्षर काका रमेश वाग्लेले निधिसँग कुराकानी गरेका छन् ।

Global Ime bank

प्रस्तुत छ, निधिसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईंले सभापतिमा उमेदवारी घोषणा गरेपछि शेरबहादुर देउवा टिममा खैलाबैला देखिएको छ । के तपाईंले आकस्मिकरुपमा उमेदवारी घोषणा गर्नुभएको हो ? 

मेरो उमेदवारीलाई आकस्मिक भन्न मिल्दैन । कांग्रेसका यसअघिका चारवटा महाधिवेशनमा म शेरबहादुर देउवासँगै थिएँ । मेरो उमेदवारीका विषयमा यसअघि पनि कुरा नभएको होइन । 

शेरबहादुर देउवासँग त मेरो लामो राजनीतिक जीवन जोडिएको छ । उहाँले नै मलाई नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा राख्नुभएको हो । 

मेरो पारिवारिक पृष्ठभूमिले पनि त्यहाँ केही काम गरेको होला । म १० कक्षा पढ्दा नै जेलमा पुगेको विद्यार्थी हुँ । टेष्ट परीक्षा जेलभित्रैबाट दिएको हुँ । आइकम पनि मैले जेलबाटै दिएको हुँ । 

म १५–१६ वर्षको उमेरदेखि पटक पटक जेलमा पुगेको छु । 

शेरबहादुर देउवा र मेरो सम्बन्धका विषयमा धेरै कुरा पनि भइरहन्छन् । यहाँ जेलको कुरा किन ल्याएको हुँ भने म उहाँसँग पनि जेलमा सँगै थिएँ ।

नेपाली कांग्रेस जब विभाजन भयो, त्यसबेला शेरबहादुर देउवालाई साथ दिने एक नेता थिएँ म । 

विभाजनको अवस्थाका बारेमा पनि यहाँ केही जानकारी गराउनुपर्ने हुन्छ– शेरबहादुर देउवा प्रधानमन्त्रीमा बहाल हुनुहुन्थ्यो । पार्टी गिरिजाप्रसाद कोइरालाले हाँकिरहनुभएको थियो । माओवादी सशस्त्र विद्रोह बढेको थियो । त्यसलाई नियन्त्रण गर्न शेरबहादुर देउवाले संकटकाल लगाउनुभयो । फेरि ६ महिनापछि संकटकालको समय बढाउन सिफारिस गर्नुपर्ने भयो । त्यो कुरामा पार्टीमा विवाद थियो । त्यही विषयलाई लिएर प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निकालियो । 

नेपाली कांग्रेस पार्टीकै सरकार छ, सोही पार्टीकै नेताले सरकारको नेतृत्व गरेको छ । देशमा सशस्त्र विद्रोह बढेको छ, त्यसलाई नियन्त्रण गर्न संकटकाल सिफारिस गरिएको विषयमा विवाद हुँदा साधारण सदस्यबाटै निकालिदिइन्छ । त्यस्तो कहि हुन्छ र ? त्यो बेला हामीले शेरबहादुर देउवालाई साथ दिएकै हौँ ।

त्यसबेला अर्को कांग्रेस गठन गर्नुको विकल्प नै थिएन । त्यसपछि हो कांग्रेस(प्रजातान्त्रिक) गठन भएको । 

त्यसअघिको पनि एउटा प्रसंग भनौँ– नवौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाका विरुद्धमा चिरञ्जीवी वाग्लेले उमेदवारी दिनुभएको थियो ।

वाग्लेका तर्फबाट म, प्रकाशमान सिंह, बलबहादुर केसी, पूर्णबहादुर खड्का थियौँ । त्यो बेलामा गिरिजाप्रसाद कोइरालासँगै हुनुहुन्थ्यो शेरबहादुर देउवा ।

वाग्लेका तर्फबाट म, प्रकाशमान सिंह, बलबहादुर केसी, पूर्णबहादुर खड्का थियौँ । त्यो बेलामा गिरिजाप्रसाद कोइरालासँगै हुनुहुन्थ्यो शेरबहादुर देउवा । रामचन्द्र पौडेल पनि उहाँसँगै हुनुहुन्थ्यो । 

हामीले उहाँहरुलाई हात जोडेर गिरिजाबाबुको प्रतिस्पर्धामा तपाईंहरु उभिइदिनुस् भन्यौँ तर उहाँहरुले मान्नुभएन । उहाँहरुले नमानेपछि नै हामीले चिरञ्जीवी वाग्लेलाई उठायौँ र, हार्‍यौँ पनि । 

तर, नेपाली कांग्रेसभित्रको आन्तरिक प्रजातन्त्रलाई बलियो बनाउन हामीले त्यसबेलादेखि नै मतदानको माध्यमबाट सुरुवात गरेका थियौँ ।

पहिला बीपीको पालामा नभएको होइन तर बीचमा हराएको थियो ।

मैले यो सबै प्रसंग शेरबहादुर देउवा र मबीचको राजनीतिक संगतसँग जोड्न खोजेको हुँ ।

नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भयो । त्यसपछि धेरै सिनियर साथीहरु देउवा क्याम्प छोडेर कोइराला क्याम्पमा जानुभयो । त्यो बेला पनि मैले शेरबहादुर देउवाको साथ छाडिनँ । 

उहाँसँग पार्टीको दीर्घकालका विषयमा पनि बेला बेला कुराकानी भइरहन्थ्यो ।  त्यसबेला उहाँले म पछिको नेता तपाईं नै हो भनेर भनिरहनुहुन्थ्यो ।

कांग्रेसभित्रको आन्तरिक राजनीति बुझ्ने धेरैले भन्ने गर्थे– यो टिममा देउवा पनि विमलेन्द्र निधि नै हो । हाम्रै टिमका साथीहरुले पनि शेरबहादुर देउवापछि तपाईं नै हाम्रो नेता भनेर भन्नुहुन्थ्यो । कांग्रेसमा त्योबाहेक पनि अर्को इतर समूह या टिम छ । त्यो टिमभित्रका साथीहरुले पनि देउवापछि निधि नै हो भन्नुहुन्थ्यो । मैले यहाँ ‘मपाईं’ भन्न खोजेको होइन तर पनि धेरै व्यक्तिले यसो भन्छन् भनेर जानकारी गराउनमात्रै खोजेको हुँ ।

यसको अर्थ म केही बन्ने होइन भनेर साथ दिएको होइन, मैले उहाँलाई पनि भन्ने गरेको छु–मेरो पनि पार्टी र देश हाँक्ने इच्छा छ भनेर । म पनि नेतृत्वमा पुग्न चाहन्छु । 

त्यो किन भन्छन् भने मैले शेरबहादुर देउवाको नेतृत्वमा उहाँका नीति र कार्यक्रम निर्माणमा शतप्रतिशत असल नियतले साथ दिएको छु ।

यसको अर्थ म केही बन्ने होइन भनेर साथ दिएको होइन, मैले उहाँलाई पनि भन्ने गरेको छु–मेरो पनि पार्टी र देश हाँक्ने इच्छा छ भनेर । म पनि नेतृत्वमा पुग्न चाहन्छु । 

उहाँको पनि जवाफ हुन्थ्यो–म पछि तपाईंजत्तिको को छ र ?

१३ औँ महाधिवेशनको बेलामा यो कुरा मैले ठोस रुपमा भनेको पनि थिएँ । त्यसअघिका महाधिवेशन उहाँले जित्नुभएको थिएन ।

उहाँले मसँग भन्नुहुन्थ्यो– म पहिला पनि प्रधानमन्त्री नभएको होइन तर राजतन्त्रकालमा म प्रधानमन्त्री भएँ । मलाई गणतान्त्रिक नेपालको प्रधानमन्त्री हुने इच्छा छ । अर्को फुटेको पार्टीको सभापति भएँ, जुटेको पार्टीको पनि एक पटक सभापति हुने इच्छा छ । अब मेरो उमेर पनि भयो ।

तपाईंहरुलाई यहाँनेर म अर्को कुरा पनि स्मरण गराउन र जानकारी गराउन चाहन्छु । नेपालमा जब गणतन्त्र आयो प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति बनाउने भनेर समझदारी गरेर धोका दिनुभयो ।

त्यो बेलामा जब गिरिजाबाबुलाई राष्ट्रपति मान्ने कुरा सम्भव भएन तर, गणतन्त्रका लागि राष्ट्रपति निर्वाचन हुने त निश्चित थियो । 

माओवादीले त्यसबेला रामराजाप्रसाद सिंहलाई अघि सारेका थिए । हाम्रोबाट कसले उमेदवारी दिने भनेर धेरै छलफल भयो ।

गिरिजाप्रसाद कोइरालाले नै दिने भन्ने विषयमा पनि छलफल भयो । तर सफल हुन सकिएन । त्यसको छुट्टै कथा छ अर्को कुनै दिनमा बताउँला । 

एकदिन गिरिजाबाबुले भन्नुभयो– त्यसो हो भने अब कांग्रेसले राष्ट्रपतिमा उमेदवार पनि नदिने, मत पनि नखसाल्ने ।

उहाँको कुरा सुनेपछि धेरै साथीहरु मौन रहनुभयो । म अलि ढिला पुगेको थिएँ त्यो दिनको बैठकमा ।

५० वर्षपछि त्रिभुवन विश्वविद्यालयमा अहिलेका लोकराज बराल (मैले नामै लिएर भनेको थिएँ) जस्ता प्राध्यापकले राजनीति शास्त्र पढाउँदै गर्दा त्यहाँ हाम्रा पुस्ता पनि हुनेछन् ।

अनि मैले आफ्ना कुरा राख्न थालेँ– नेपालमा गणतन्त्र आउने राष्ट्रपतिको चुनाव हुने, नेपाली कांंग्रेस जसले गणतन्त्रको यात्रा तय गरेर मुलुक यहाँसम्म आयो, अनि नेपाली कांग्रेसले नै चुनावमा भाग नलिने यो कुरा सम्भव हुँदैन म मान्न तयार छैन, यो कांग्रेसको हितमा पनि छैन ।

५० वर्षपछि त्रिभुवन विश्वविद्यालयमा अहिलेका लोकराज बराल (मैले नामै लिएर भनेको थिएँ) जस्ता प्राध्यापकले राजनीति शास्त्र पढाउँदै गर्दा त्यहाँ हाम्रा पुस्ता पनि हुनेछन् ।

त्यहाँ के पढाइन्छ भने नेपालमा गणतन्त्र आएको थियो, राष्ट्रपति चुनाव भएको थियो । त्यो पनि पहिलो । त्यो बेला नेपाली कांग्रेसले आफ्नो उमेदवारी पनि दिएन भोट पनि खसालेन । यस्तो भनेर पढाउँदा नेपाली कांग्रेसका नेताका सन्तानको टाउको त्यहीँ निहुरिनेछ । आफ्नो गुरुको ‘हिस्टोरिकल फ्याक्ट’ सुनेर स्वाभिमानमा धक्का लाग्छ, यो मान्य हुन सक्दैन । 

त्यसपछि धेरै नेताहरुको मुख खुल्यो । तपाईंले यो कुरा अरु साथीहरुलाई पनि सोध्न सक्नुहुनेछ । 

रामशरण महतले पनि त्यसबेला विमलेन्द्रजीले ठिकै भन्नुभयो भनेर भन्नुयो । 

हाम्रो पार्टीबाट उमेदवार नदिने हो भने एमालेसँग सल्लाह गरौँ भन्नुभयो । त्यसपछि दिउँसो ४ बजे पुनः मिटिङ डाँकियो । 

त्यो बैठकले उमेदवारी दिने र मत पनि खसाल्ने निर्णय गर्‍यो ।

भोलिपल्ट बिहानको बैठकमा गिरिजाबाबुले राष्ट्रपतिका लागि चारजनाको नाम लिनुभयो– रामचन्द्र पौडेल, शेरबहादुर देउवा, रामशरण महत र डा. रामवरण यादव । यो चारजना मध्येबाट हाम्रो तर्फबाट उमेदवार हुनुपर्छ भनेर उहाँले प्रस्ताव गर्नुभयो । 

रामचन्द्र पौडेल र रामशरणजीले त्यहीबेला अस्वीकार गर्नुभयो । उहाँहरुले सक्रिय राजनीतिक गर्ने हो भन्नुभयो । त्यसपछि शेरबहादुर देउवा र रामवरण यादवको नाम रह्यो । मनोनयन गर्ने दिन बिहानसम्म पनि शेरबहादुर देउवाले मैले सोचेर निर्णय गर्छु भन्दै हुनुहुन्थ्यो । मैले त्यसबेला नै रामवरण यादवलाई म तपाईंको पक्षमा छु है भनेर भनेको थिएँ । किनकि मैले गिरिजाबाबुको आदेशअनुसार उपेन्द्र यादवसँग कुरा गरिरहेको थिएँ । 

यो कामका लागि गिरिजाबाबुले मलाई अह्राउनुभएको थियो । मधेसको तर्फबाट नेपाली कांग्रेसले उमेदवारी दियो भने त्यसलाई हामी साथ दिन सक्छौँ भन्ने संकेत उपेन्द्र यादवले मलाई गर्नुभएको थियो । 

त्यसबेला पनि शेरबहादुर देउवा म आफैँ बनौँ कि क्याहो भन्दै हुनुहुन्थ्यो । 

उहाँहरुले परमानन्द झालाई अघि सार्नुभएको थियो । जसले झालाई साथ दिन्छ उसैलाई दिने भनेर उपेन्द्र यादवहरुले निर्णय गर्नुभएको थियो ।

त्यसबेला पनि शेरबहादुर देउवा म आफैँ बनौँ कि क्याहो भन्दै हुनुहुन्थ्यो । 

मलाई के थाहा थियो भने शेरबहादुर देउवा उमेदवार भए जित्नुहुन्न । त्यसेले मैले रोकेँ । मैले उहाँलाई राष्ट्रपतिको उमेदवारमा तपाईं हुँदैन रामवरण यादवलाई समर्थन गर्नुस् भनेँ ।

बिहान ११ बजे उमेदवारी दर्ताको समय थियो ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा देउवा र यादव दुवैजना आउनुभयो । हामी तीनजना गोप्य कोठामा बसेर ‘शेरबहादुरजी तपाईंले अहिले रामवरण यादवलाई छाडिदिनुस्’ भनेर भनेँ ।

तपाईंहरुले अहिले कल्पना गर्नुस् त राष्ट्रपतिमा उठेर शेरबहादुर देउवाले हारेको भए उहाँको राजनीतिक जीवन के हुन्थ्यो ? 

मैले उहाँलाई अहिले नै तपाईं सक्रिय राजनीतिक जीवन छोडन तयार हुनुभएको हो ? तपाईं राजनीतिबाट विश्राम लिन चाहनुहुन्छ ? भनेर ‘ब्याक’ गराएको हो ।

मैले पुराना कुरा यहाँ यसरी चर्चा गर्नु भनेको शेरबहादुर देउवालाई कुन हदसम्मको सहयोग जारी राखेको थिएँ भनेर नै हो ।
राष्ट्रपतिको चुनाव भयो रामवरण यादवले जित्नुभयो । 

मैले उहाँलाई अहिले नै तपाईं सक्रिय राजनीतिक जीवन छोडन तयार हुनुभएको हो ? तपाईं राजनीतिबाट विश्राम लिन चाहनुहुन्छ ? भनेर ‘ब्याक’ गराएको हो ।

१३ औँ महाधिवेशनमा पनि मैले आफूले पदाधिकारीमा उमेदवारी दिने सोच बनाएको थिएँ तर शेरबहादुर देउवाका लागि त्याग गरेँ, हाम्रो समूहमा रहेका बाँकी साथीहरुलाई पनि उहाँकै लागि भनेर त्याग गराएँ । 

त्यसअघि उहाँ गिरिजाबाबु, सुशील कोइरालालगायतसँग पराजित हुनुभएको थियो । 

१३ औं महाधिवेशनमा मैले शेरबहादुरजीलाई भनेँ– हामीले जस्तोसूकै मूल्य चुकाएर पनि तपाईंलाई सभापति बनाउन तयार छौँ भनेर भनेँ । हामीले हाम्रो समूहको मात्रै भोटले जित्ने अवस्था थिएन । यो बारेमा पनि निकै परामर्श गरेर उहाँलाई सुझाव दिएको हुँ– कोइराला परिवारबाट एकजना तान्नुस् र पदाधिकारी उमेदवार बनाउनुस् ।

पदाधिकारी नदिइ तपाईंसँग कोही आउँदैन । 

शेखर र शशांक नमानेपछि अर्जुननरसिंह केसीलाई ल्याउन सफल भएका हौँ ।

त्यसकारणले महामन्त्री पदमा म लड्दिनँ, त्यो पदमा शेखर कोइराला, शशांक कोइरालामध्ये एकजनालाई कोशिस गर्नुस् भनेको हुँ ।

शेखर र शशांक नमानेपछि अर्जुननरसिंह केसीलाई ल्याउन सफल भएका हौँ ।

तर मैले त्यो बेला नै उहाँलाई के भनेको थिएँ भने– तपाईंले सभापति जित्नुभयो भने मलाई उपसभापति बनाउनुहोला । अनि म १४ औँ महाधिवेशनका लागि सभापतिको तयारी गर्छु । उहाँले हुन्छ हुन्छ भन्नुभयो । यही हो उहाँ र मबीचको कुरा । 

त्यसपछि गत वर्षको साउन २९ गते मैले उहाँलाई यो सबै कुराको स्मरण गराएँ तर कुनै प्रतिक्रिया जनाउनु भएन । यो कुरा हाम्रो टिमका धेरै साथीहरुलाई थाहा छ । 

मेरो उमेदवारी अचानक, शेरबहादुर देउवाले रहर गरेपछि त्यसमा ठेस पुर्‍याउन आएको होइन ।

तर उहाँले त मैले बचन दिएको थिएँ, सहयोग गर्छु त भन्नुभएन, तपाईं सभापति लड्न स्वतन्त्र हुनुहुन्छ भन्नुभयो नि !

त्यो ठिकै हो । उहाँले समर्थन दिनुहुन्न भने पनि मेरो लड्ने अधिकार त छँदैछ ।

त्यो अधिकार उहाँले मलाई प्रदान गरेको होइन । त्यो अधिकार त मलाई पार्टीको विधानले, राजनीतिक क्यारियरले, मेरो राजनीतिक जीवनले, नेपालको संविधानले अझ भनौँ पार्टीको अनुशासनभित्र रहेको हुँदा नेपाली कांग्रेसको विधानले दिएको हो ।

शेरबहादुर देउवाले अन्तिम समयमा तपाईंलाई भेटेर ‘हाम्रो यति लामो सम्बन्ध छ विमलेन्द्रजी तपाईंलाई १५ औँ महाधिवेशनमा सभापतिको उमेदवार बनाउन अहिले नै सार्वजनिक घोषणा गरिदिन्छु अहिलेलाई सहयोग गर्नुस्’ भन्नुभयो भने ?

१५ औँ महाधिवेशनमा शेरबहादुर देउवाले चाहेर पनि मलाई सभापति बनाउन सक्नुहुन्न । किनभने १५ औँ महाधिवेशनमा उहाँ नै मलाई सभापतिमा समर्थन गर्ने, निर्वाचित गराउने हैसियत बाँकी रहनुहुन्न । 

त्यो भूमिकामै उहाँ रहनुहुन्न ?   

यसभन्दा बढ्ता म भन्न चाहन्न । यो भन्दा बढी नसोध्नुस् अहिले । 

१५ औँ महाधिवेशनमा मलाई सभापति बनाउने हैसियतमा उहाँ रहनुहुन्न, अहिलेलाई यत्ति भन्छु म । 

२०३६ सालको इतिहास स्मरण गर्दा जतिबेला उहाँ नेविसंघको दोस्रो कार्यकाल सकेर नेतृत्व हस्तान्तरण गर्दै हुनुहुन्थ्यो– त्यसबेला पनि उहाँ तपाईंलाई नेविसंघ अध्यक्ष हस्तान्तरण गर्न तयार हुनुहुन्नथ्यो भन्ने सुनिन्छ । उहाँको चाहना विपरीत तपाईं नेविसंघ अध्यक्ष बन्नुभयो तर, त्यसपछिको लामो राजनीतिमा तपाईं उहाँसँगै रहनुभयो । अहिले पनि तपाईंको पक्षमा उहाँ देखिनुहुन्न । फेरि पनि नेतृत्व हस्तान्तरण गर्न त्यस्तो वाध्यता आइलाग्ला ? 

हो, उहाँले त्यसबेला पनि चाहनुभएको थिएन । त्यो बेला  दिलबहादुर घर्ती मेरो अत्यन्त प्रिय मित्र हुनुहुन्थ्यो । पछि उहाँ मेरो महामन्त्री पनि बन्नुभयो । उहाँ सिनियर नेता पनि हुनुहुन्थ्यो ।

शैलजा आचार्यले उहाँलाई अध्यक्ष बनाउन चाहनुहुन्थ्यो । शेरबहादुर देउवा पनि उहाँलाई नै अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । तर बीपी कोइरालाले हस्तक्षेप गरेर मलाई सभापति बनाउनुभयो ।

ज्ञानेन्द्रबहादुर कार्की र जयन्त पाण्डेले हो मलाई सभापति बनाउन भूमिका खेलेको ।

शैलजा आचार्यले उहाँलाई अध्यक्ष बनाउन चाहनुहुन्थ्यो । शेरबहादुर देउवा पनि उहाँलाई नै अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । तर बीपी कोइरालाले हस्तक्षेप गरेर मलाई सभापति बनाउनुभयो ।

पार्टीमा राजेन्द्र खरेल हुनुहुन्थ्यो । त्यसबेला बीपीले नै विमलेन्द्र निधिलाई नेविसंघको सभापति बनाउनुपर्छ भनेर कार्यक्रम उद्घाटन गर्न आफैँ जानुभएको हो ।

बीपीले नै भनेको हुनाले शेरबहादुर देउवा मलाई सभापति बनाउन तयार हुनुभएको हो । अहिले बीपी हुनुहुन्न शेरबहादुरजीलाई त्यसरी भन्ने र दबाब दिने अर्को व्यक्ति पनि छैन । 

करिब १० महिनाअघि पनि हामीले तपाईंसँग कुराकानी गरेका थियौँ । शेरबहादुर देउवा प्रस्तावक र रामचन्द्र पौडेल समर्थक बनाएर म सभापतिमा उमेदवारी दिन्छु भन्नुभएको थियो, त्यो सम्भावना सकियो है ?

अहिले पनि मेरो चाहना त्यही नै हो । अहिले जम्मा देखिएको सातजना उमेदवार हो । 

कृष्ण सिटौला बेलाबखत सभापति लड्छु भन्नुहुन्छ, हो कि होइन थाहा छैन, मसँग कुरा गर्दा हो भन्नुहुन्छ । तर, सार्वजनिकरुपमा अग्रसर भइसकेको म देख्दिन । 

हुन त शेरबहादुरजीले केन्द्रीय कार्यालयमा सबैका सामु भन्नुभएको थियो– मलाई त उठ्ने इच्छा थिएन, तर मलाई भित्तामा धकेल्ने ? 

कांग्रेसको १३ औँ महाधिवेशनमा तीनजना उमेदवार हुनुहुन्थ्यो अहिले पनि हुन सक्नुहुन्छ भन्ने मान्यौँ भने त्यसबाहेक हामी चार जना छौँ ।

हुन त शेरबहादुरजीले केन्द्रीय कार्यालयमा सबैका सामु भन्नुभएको थियो– मलाई त उठ्ने इच्छा थिएन, तर मलाई भित्तामा धकेल्ने ? 

निर्वाचनमा पार्टी पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भनेर भन्दा उहाँले त्यसो भन्नुभएको थियो ।
यो कुरा उहाँले शीर्ष नेताहरुका सामुन्नेमा भन्नुभएको हो ।

बाँकी चारजनामा म विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइराला हौँ ।

नेतृत्व चयन गर्न मैले चारवटा मोडालिटी अघि सारेको छु ।

हामी सातजनामध्ये कोही एकजनाको नाममा सर्वसम्मति हुन्छ भने म बाधक बन्दिनँ ।सातै जनामा कुनै एकजना शेरबहादुरजी, रामचन्द्रजी, सिटौलाजी वा दोस्रो पुस्ताका हामी चारमध्ये कुनै पनि एकजनाको नाममा यदि सर्वसम्मति हुन्छ भने सबभन्दा सुन्दर कुरा त्यो हुन्छ । त्यसमा म बाधक बन्दिन । 

दोस्रो १३ औँ महाधिवेशनमा प्रतिस्पर्धा गरिसक्नुभएका तीनजना नेताहरुले ल हामी तीनैजनाबीच सहमति भएन, अब हामी लड्दैनौ तपाईंहरु चारजनामध्ये को सभापति हुने भन्ने कुरा हामी तीनजना मिलेर तय गर्छौँ तपाईंहरु सहमत हुनुहुन्छ ? भन्नुभयो भने म तयार छु र अरु पनि तयार हुनुपर्छ भनेर आग्रह गर्छु ।

त्यसपछि चारजनाबीच एकजनामा सहमति भयो भने पनि म तयार हुन्छु ।

तेस्रो– त्यो भएन भने आफ्नो टिमको शेरबहादुरजीले नै समर्थन गरिदिनुहोस् भन्ने चाहना हो मेरो । 

तर, म चाहिँ लड्छु । मैत्रीपूर्ण प्रतिस्पर्धा गरौं, जो प्रतिस्पर्धामा आउँछ फस्ट राउन्ड, सेकेण्ड राउन्डवाला त्यसमा पनि म तयार भएर बसेको छु । 

१४ औँ महाधिवेशनमा सर्वसम्मतिबाहेकको मोडेलमा म चुनावी प्रतिस्पर्धामा उत्रिन तयार छु । 

युवा नेताहरुसँग कुरा गर्नुभयो, तीन नेताहरु पनि तपाईंहरु लञ्च मिटिङ पनि गर्नुभयो । तपाईंले आफ्नो टिम यस्तो बनाउँछु भनेर गृहकार्य गर्नुभयो त ? 

लुज रुपमा सरसर्ती कन्सेप्ट बनाउँदै छु । तर कुरा के छ भने नेपाली कांग्रेसमा आफ्नै मात्र समूहबाट कोही पनि सभापति भएको छैन ।

यो बीपी कोइरालाकै पालादेखि देखिएको विषय हो । बीपी कोइरालाको समयमा पनि सुवर्ण शमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो ।

चारजना शीर्ष नेता हुनुहुन्थ्यो । किसुनजी र गिरिजाबाबु शीर्ष नेता हुनुहुन्नथ्यो । 

आज हामीले गुट भन्छौँ तर समूह त्यसबेला पनि थियो ।

एकजनाको समूहबाट नेताहरु यताउता गरिरहनुहुन्थ्यो । ३० वर्षे पञ्चायतकालमा महाधिवेशन हुन सकेन । निर्दलीय व्यवस्था अन्त्य भयो त्यसपछिको महाधिवेशन मान्ने हो भने झापा महाधिवेशन हेर्नुस् । त्यसपछिका महाधिवेशन हेरौँ । 

नवौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध उठ्नका लागि हामीले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई हात जोडेर अनुरोध गरेका हौँ ।

चिरञ्जीवी वाग्लेको ‘हाइट’ पुग्दैन तपाईंहरु अघि बढिदिनुस् भनेर आग्रह गर्‍यौँ तर मान्नुभएन । हामीले वाध्य भएर वाग्लेलाई अघि सारेका हौँ । म, बलबहादुर केसी, प्रकाशमान सिंह सँगै थियौँ ।

त्योबेला शेखर कोइराला, शशांक कोइराला आइसकेका थिएनन् ।

त्यसबेला सभापति अनि पाँच विकास क्षेत्रबाट एक–एक जनाको चुनाव हुन्थ्यो । 

पूर्णबहादुर खड्का सुशील कोइरालासँग लड्नुभयो, म भीमबहादुर तामाङसँग लडेँ । त्यस्तै अरु साथीहरु लड्नुभयो । 

त्यो बेला प्रतिनिधित्व त हामीहरुले किसुनजीको गर्थ्यौँ । तर, अन्तिम दिनमा त गिरिजाप्रसाद कोइरालाले किसुनजीकै समूहबाट मान्छे तान्नुभयो । 

योगप्रसाद उपाध्याय, बासु रिसाल सबैको समर्थन प्राप्त गर्नुभो ।  गिरिजाप्रसाद कोइराला पनि आफ्नै समूहबाट निर्वाचित हुनुभएको थिएन । 

त्यसपछि गिरिजाप्रसाद कोइरालासँग शेरबहादुरजी लड्नुभयो, त्यहाँ पनि त्यस्तै भयो । 

१२ औँ महाधिवेशनमा सुशील कोइराला आफ्नै समूहबाटमात्रै निर्वाचित हुनुभएको होइन, उहाँले पनि शेरबहादुर देउवा, किसुनजी समूहका मान्छे तान्नुभयो र जित्नुभयो । 

उहाँहरुको निधन भइसकेपछि १३ औँ महाधिवेशनमा रामचन्द्र पौडेलसँग शेरबहादुर देउवाको प्रतिस्पर्धा भयो । शेरबहादुरजीले पनि कोइराला समूहकै मान्छे तानेर जित्नुभएको हो । 

१३ औँ महाधिवेशनमात्र त शेरबहादुरजीले जित्नुभएको हो नि । 

उहाँ के भन्नुहुन्थ्यो भने गणतन्त्रको प्रधानमन्त्री र जुटेको पार्टी कांग्रेसको सभापति बन्नु मेरो अन्तिम इच्छा छ विमलजी ।
त्यही भएर मैले पनि आँखा चिम्लेरै सहयोग गरेको हुँ ।

मैले देउवा प्यानलमा जोडिएका साथीहरुलाई पनि सुशील कोइराला प्यानलमा भएका साथीहरुका लागि तपाईंहरुले पद छाडिदिनुपर्ने भयो भनेर आग्रह गरेँ ।

१३ औँ महाधिवेशनमा मेरो एकमात्र उद्देश्य के थियो भने शेरबहादुर देउवालाई सभापति बनाउने ।

आफ्नो पद त्याग गरेर पनि जबसम्म अर्को समूहबाट हामीले शेरबहादुर प्यानलमा ठाउँ दिँदैनौ तबसम्म जितिन्न भनेर दिएका हाैँ । 

मैले देउवा प्यानलमा जोडिएका साथीहरुलाई पनि सुशील कोइराला प्यानलमा भएका साथीहरुका लागि तपाईंहरुले पद छाडिदिनुपर्ने भयो भनेर आग्रह गरेँ ।

आफूले नै पद छोडेपछि शेरबहादुरजीलाई भन्दा मलाई भन्न सजिलो भयो । 

महामन्त्रीमा अर्जुननरसिंह केसीलाई ल्याएपछि चन्द्र भण्डारी, श्याम घिमिरे, फर्मुल्लाह मन्सुर, प्रभुनारायण चौधरी, अर्जुन जोशीसहितका साथीहरु तयार हुनुभयो । त्यसपछि उहाँले बल्ल जित्नुभएको हो । त्यसरी मैले शेरबहादुरजीलाई सभापति बनाउने भूमिका खेलेको हुँ । 

बीपी कोइरालादेखि अहिलेसम्म कसैले पनि कांग्रेसमा आफ्नो समूहको मतले मात्रै जितेको छैन ।

मलाई पनि एक त आफ्नै समूहबाट शेरबहादुरजीले समर्थन गरिराख्नुभएको छैन । शेरबहादुरजीबाट समर्थन प्राप्त भयो भने मलाई सजिलो हुन्छ । म यो पनि भन्छु शेरबहादुरजीले मलाई ‘ल मेरो क्यान्डिडेट तपाईं नै हो’ भन्नुभयो भने पनि जित्न त्यति सजिलो छैन । 

तैपनि मैले अरु समूहको साथीहरुसँग कुराकानी गर्नैपर्छ– दुइवटा कुराको लागि । जित्नको लागि र नेपाली कांग्रेसको सबैलाई समेटेर हिँड्न सक्ने नेतृत्व निर्माणका लागि पनि । 

आफ्नो गुट मात्रलाई लिएर नेपाली कांग्रेस सञ्चालन गर्ने कुरा राम्रो भएन । 

अरु समूहलाई पनि समेटेर हिँड्नुपर्‍यो । 

प्रकाशमान, शशांक र तपाईंबीच एकले अर्कोलाई स्वीकार गर्ने सामूहिक रुपमा अघि बढ्न टिम बनाउने त्यस्तो कुनै सहमति वा समझदारी बनेको छ त ? 

हाम्रो सोच छ । हामीहरु मिलेर अगाडि बढौँ भन्ने सोच छ । लञ्च मिटिङमै को सभापति बन्ने, के के बन्ने भनेर हामीले कुरा गरेका छैनाैँ । कुरा भएका छन् तर मैले उहाँहरुको घरमै गएका समयमा कुरा भएका हुन् । 

हामी एक अर्काको घरमा पटक पटक गएका छौँ ।

मेरो कुरा के हो भने हामी तीनजना मिलेर कम्तिमा देशको, नेपाली कांग्रेसको सञ्चालनको बारेमा समान धारणा बनाउन न भन्ने हो । समान धारणा बनाउँदै जाँदा त त्यो कालखण्डमा त्यो कुरा पनि त आउला, केही बाटो निस्केला भन्ने आशा हो । 

तपाईंहरु तीनैजना कांग्रेसका नेताहरुको विरासतसँग जोडिएका नेता हुनुभयो । अर्थात् कांग्रेसका संस्थापकमध्येका छोराहरु हुनुभयो । कांग्रेसभित्रै तपाईंहरुलाई कतिले ‘राजकुमार’ पनि भन्छन् । यसैमा जोडिएको अर्को कुरा के हो भने तपाईं हिजो पनि कोइराला परिवारसँग हुनुहुन्थेन । शेरबहादुर देउवाभन्दा पहिले नै तपाईं कोइराला परिवार विपरीतको गुटमा रहेर प्रतिस्पर्धामा हुनुहुन्थ्यो । अहिले शशांकसँगै हिँडेर केही राजनीतिक सन्देश दिन खोज्नुभएको हो ?

तपाईंलाई म आफ्नो व्याख्या भन्छु कोइराला परिवारका बारेमा । कोइराला परिवार भनेर बीपी कोइरालाको परिवारलाई भन्ने कि गिरिजाप्रसाद कोइरालाको वा सुशील कोइरालाको ? यसको परिभाषा तपाईंहरु लेखनजीवीहरु पत्रकारहरुले गरिदिनुप¥यो क्या ! 
अहिले तपाईंसँग कुरा गर्दैगर्दा पनि बीपीको तस्बिर मुनि बसेको छु । बीपीको असली राजनीतिक उत्तराधिकारी म हुँ । 

मैले पहिले पनि भनेको छु– बीपीको पारिवारिक र वंशाणुगत उत्तराधिकारी प्रकाश कोइराला, श्रीहर्ष कोइराला र डा. शशांक कोइराला हुनुहुन्छ । 

राजनीतिक उत्तराधिकारी त म हो नि । यो कुरा ऐतिहासिक तथ्यले पुष्टि गर्दैन र ? 

बीपीका छोरा पनि राजनीतिमा अयोग्य सावित भएका छैनन् र ? कसैले किन चर्चा गर्दैन ? अहिले कोइराला परिवारको विरासत प्रकाश कोइरालासँग छ कि शशांक कोइरालासँग ? यो कुरा बुझ्नुपर्दैन ।

श्रीहर्ष राजनीतिमै छैनन् । शशांक कोइरालालाई बीपीको छोरामात्रै भनेर भएन नि अहिले हाम्रो महामन्त्री होइन र ? तर, त्योमात्र कारण उनी राजनीतिमा छैनन् । उनी नेपाली कांग्रेसको निर्वाचित महामन्त्री पनि हुन भन्ने तथ्य भुल्नुहुँदैन । बीपीको छोरा हुनु भनेको अपराध हो ? 

बीपीका छोरा पनि राजनीतिमा अयोग्य सावित भएका छैनन् र ? कसैले किन चर्चा गर्दैन ? अहिले कोइराला परिवारको विरासत प्रकाश कोइरालासँग छ कि शशांक कोइरालासँग ? यो कुरा बुझ्नुपर्दैन ।

प्रकाशमानजीको पनि त्यही हो । मेरो पनि त्यही हो । उहाँ गणेशमानजीको छोरा म महेन्द्रनारायण निधिको छोरा । अरु पनि साथीहरु छन् । 

यो नेपालमा मात्र होइन जहाँ पनि हन्छ । माफ गर्नुहोला तपाईंहरुको पत्रकारिता क्षेत्रमा पनि हुन्छ, डाक्टर, इन्जिनियर, साहित्यकार, चित्रकार, कलाकारको क्षेत्रमा पनि हुन्छ । 

त्यसकारण विरासतलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन है । 

हामी तीनजनालाई फरक फरक रुपमै तपाईंहरु तीनजना एकठाउँ उभिनुस् न भन्ने कार्यकर्ताको दबाब छ ।

दोस्रो पुस्ताको हामी तीन भाइको एकता कार्यकर्ताले खोजेका छन् ।

तपाईंहरु मिल्दा नेतृत्व आउँछ भन्ने विश्वासमा हुनुहुन्छ ?

मलाई पूरापूर विश्वास छ । मतदाताले त्यही भनेका छन् । पार्टी जिल्ला सभापतिहरु, महाधिवेशनका काम प्रतिनिधिहरु, भावि प्रतिनिधि बन्नका लागि लागिरहेका व्यक्तिहरु यही कुरा भनिरहेका छन् । 

उहाँहरुले तपाईंहरु तीनजना मिल्नु भन्नुको अर्थ एकलकाटे भएर तीनभाइ मिल भनेको होइन । त्यससँग पक्षहरु जोडिएका छन् । 

उहाँहरुले तपाईंहरु तीनजना मिल्नु भन्नुको अर्थ एकलकाटे भएर तीनभाइ मिल भनेको होइन । त्यससँग पक्षहरु जोडिएका छन् । 

तपाईंहरु तीनजना मिल्नुभयो भने देशभरीका पार्टीका साथीहरु एक हुन्छन् । 

तपाइँकै पुस्ताको डा. शेखर कोइराला पनि उत्तिकै सक्रियताका साथ हिँड्नुभएको छ, उहाँलाई छोडेर तपाईंहरु किन तीनभाइ भन्दै हुनुहुन्छ त ? 

उहाँसँग पनि कुरा भइरहेको छ । उहाँलाई बाइपास गर्ने भन्ने हुँदैन । मैले उहाँलाई म तपाईंको निवासमा भेट्न आउँछु भनेको थिएँ । तर उमेर र पदका कारणले पनि म आउनुपर्छ भनेर उहाँ आउनुभयो । यहीँ बसेर हाम्रो कुराकानी भएको हो ।
आआफ्ना तयारी गर्दै जाने र अन्तिममा सल्लाह गर्ने विषयमा कुराकानी भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu