site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
दिसा बस्दा समस्या छ ? उपचारमा प्रयोग गरिने क्षारसूत्र के हो ? (भिडियोवार्ता)

मलद्वारसँग सम्बन्धित प्रायः रोग निकै जटिल र लामो समय दुःख दिने प्रकृतिका हुन्छन् । त्यसैमध्येको एक हो, एनल फिस्टुला । फिस्टुलाको समस्या कस्तो हो, किन हुन्छ, जटिलता र आयुर्वेद पद्धतिमा यसको उपचार कसरी गरिन्छ ? यिनै विषयमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. राम अधार यादवसँग बाह्रखरीका अस्मिता रिजालले गरेको कुराकानीको सम्पादित अंश

–एनल फिस्टुला मलद्वारको कस्तो समस्या हो ? 

संक्रमणका कारण मलद्वारमा हुने टनेलजस्तो घाउ हो । यो आन्द्रा र मलद्वारको मुखमा बन्दछ । एनन फिस्टुलामा मलद्वारको वरिपरि पिलो तथा घाउहरू बन्छ । यसले बिरामीलाई दिसा बस्दा रक्तस्राव गराउने, पिप तथा अन्य समस्या निम्त्याउँछ । यो निकै कष्टकर रोग हो ।

–एनल फिस्टुला र मलद्वारमा हुने अरू रोगमा के फरक छ ? 

सामान्यतः मलद्वारसँग सम्बन्धित कुनै पनि समस्या देखिए प्रायःले पायल्स भएको बुझ्छन् । पायल्स, फिसर आमसमस्या हुन् । तर, फिस्टुला, कार्सिनोमा (क्यान्सर) अन्यभन्दा केही जटिल रोग हुन् । बिरामीलाई लक्षणका आधारमा यिनलाई छुट्ट्याउन गाह्रो हुन्छ । तर, मलद्वारसँग सम्बन्धित कुनै पनि समस्या देखिए चिकित्सकको सल्लाह लिइहाल्नु उपयुक्त हुन्छ ।

drramadhar-1721721365.JPG
 

–एनल फिस्टुलाको मुख्य कारण के हो ? 

फिस्टुला मलद्वारमा हुने संक्रमणको परिणाम हो । मलद्वारको वरिपरि हुने पिलो यसको मुख्य कारण हो । यसबाट नै फिस्टुला विकास हुन्छ । शरीरमा भएका कुनै रोगको जरामा संक्रमण भए पनि यो समस्या हुनसक्छ ।

अर्को मुख्य कारण, मांसाहारी खाना, मसालेदार, चिल्लो खाना धेरै खाने बानीले संक्रमण भई पिप निस्कने बाटो खोज्दा फिस्टुला बन्न जान्छ । यीबाहेक क्षयरोग भएका व्यक्ति, ठूलो आन्द्रासम्बन्धी रोग भएका व्यक्ति, बाहिरी चोटपटकलगायत कारणले पनि यो विकास हुनसक्छ ।

–एनल फिस्टुला कुनै विशेष उमेर समूहमा हुन्छ ?

यो जुनसकुकै उमेरका व्यक्तिलाई हुनसक्छ । तर, युवा उमेरमा नै धेरै फिस्टुलाको समस्या भएको पाइएको छ ।

–एनल फिस्टुलाको उपचार पद्धति के कस्ता छन् ? 

एनल फिस्टुला एकपटक विकास भइसकेपछि पटक–पटक दोहोरिन सक्छ । शल्यक्रियापछि पनि राम्रोसँग हेरचाह नगरे यो समस्या बल्झिरहन सक्छ । पूर्ण रूपमा निको पार्ने मुख्य उपचार त शल्यक्रिया नै हो, तर अवस्था हेरेर यसलाई चार प्रकारले उपचार गर्न सकिन्छ ।

drramadharyadav-1721721365.JPG
 

सुरुआतमा औषधिमार्फत बिरामीलाई रिलिफ गर्न सकिन्छ । शल्यक्रिया दोस्रो उपचारको तरिका हो, तर यसमा दोहोरिने सम्भावना बढी हुन्छ । अर्को, सेटन ट्रिटमेन्ट हुन्छ, यसमा प्लाटिकको धागो प्रयोग गरी टनेललाई बन्द गरिन्छ । आयुर्वेदमा भने हामी क्षारसूत्र पद्धतिबाट उपचार गरिरहेका छौँ ।

–क्षारसूत्र उपचार पद्धति के हो ? 

यो एनल फिस्टुलाको उपचारमा प्रयोग हुने निकै प्रभावकारी उपचार पद्धति हो । यो पुरानो र विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त पद्धति हो । यसमा अपमार्ग, सिउँडीको दूध र बेसारजस्ता जडीबुटी र धागोको सहयोगमा उपचार गरिन्छ । यो पद्धतिमा सानो शल्यक्रियामार्फत उपचार हुन्छ । रक्तस्राव हुँदैन र घाउ समेत सानो र नदेखिने प्रकारको हुन्छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro