site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ का सचिव होमनाथ सिग्देलले अगस्ट ७ अर्थात् साउन साउन २२ गते बिहान ७ बजेर ५३ मिनेटमा आफ्नो फेसबुक वालमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जोडेर बनाइएको तस्बिर सेयर गरे । 
फोटो सेयर गर्दा साइबर क्राइम लाग्ला र प्रहरीको फन्दामा परिएला भन्ने सरकारी कर्मचारीसमेत रहेका सिग्दलले सोच्दै सोचेनन् ।

तर उनलाई प्रहरीले मंगलबार काठमाडौंको बबरमहलबाट पक्राउ गर्यो ।  साउन १८ गते एकजना फेसबुक प्रयोगकर्ताले आफ्नो वालमा बाँदरको शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर राखेको चित्र पोस्ट गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सेयर गरिएको फोटोसँगै क्याप्सन लेखिएको थियो,–‘पहाडमा रेल, मधेसमा मार्सी चामलको खेती, ट्याक्टरले खेत जोत्ने, हेलिकप्टरले विउ छर्न, पानीजहाजले पानी ओसार्न र तीन करोड नेपालीलाई ३६५ दिनै दशैंझैँ सुखै–सुखले पाल्ने मेरो प्रतिवद्धा भयो !’
अर्कै व्यक्तिले सेयर गरेको फोटोसहितको स्टाटस सिग्देलले सेयर गरेपछि प्रहरीले उनको खोजी जारी राखेको थियो ।

राष्ट्रसेवक कर्मचारीले नै मुलुकको कार्यकारी प्रधानमन्त्रीको अपमान हुने तस्बिर सामाजिक सञ्जालमा सेयर गरेपछि प्रधानमन्त्री कार्यालय र प्रहरी प्रधान कार्यालयले घटनामा चासो राखेको प्रहरी स्रोतको भनाइ छ । दुवै कार्यालयले महानगरीय अपराध महाशाखालाई प्रधानमन्त्रीको बेइज्जत हुनेगरी बनाइएको फोटो सेयर गर्ने होमनाथलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन निर्देशन दिएका थिए । 

Royal Enfield Island Ad

पक्राउ परेका सिग्देललाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाही प्रक्रिया बढाएको एसएसपी धिरजप्रताप सिंहले बताए । यो व्यवस्थाअनुसार एक लाख जरिबाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन सक्छ । होमनाथले आफुले लेख्नेभन्दा पनि अरुले लेखेको कुरालाई बढि सेयर गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको बयानमा पनि उनले आफुले नजानेर त्यस्तो तस्बिर सेयर गरेको बताएका छन् । प्रहरी स्रोतले भन्यो, “आम नागरिकले गरेको भए सायद प्रधानमन्त्री कार्यालयले चासो दिँदैन्थ्यो होला तर निजामती कर्मचारीबाटै प्रधानमन्त्रीको बेइज्जत हुने काम भएपछि चासो दिइएको हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro