site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्माता–निर्देशक भन्छन्– बक्सअफिसले रातारात परिवर्तन हुँदैन, काठमाडौं बाहिर लागु गर्न जोड
Siddhartha BankSiddhartha Bank

काठमाडौं । साउन १ गतेबाट नेपाली चलचित्र उद्योगमा लागु भएको बक्सअफिस सकारात्मक भए पनि यसले चलचित्र क्षेत्रमा रातारात परिवर्तन नल्याउने चलचित्रकर्मीहरुले बताएका छन् । चलचित्र क्षेत्रमा रहेको अपारदर्शिता र अनावश्यक हल्ला कम गर्दै व्यवस्थित भने गर्दै जाने चलचित्र निर्देशक तथा निर्माताहरुको भनाइ छ । 

राज्यलाई कर तिर्न थालेपछि चलचित्रलाई हेर्ने राज्यको दृष्टिकोण परिवर्तन हुने उनीहरुको भनाइ छ । चलचित्र निर्देशक दीपेन्द्र के खनाल बक्सअफिस लागु हुनु सकारात्मक रहेको बताउँछन् । आफूहरुले लामो समयदेखि चलचित्र उद्योग पनि कर्पोरेट रुपमा जानुपर्यो भनेर उठाएको माग अब पूरा हुने उनको विश्वास छ ।

“हामी लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई पनि राज्यले कर्पोेरेट सरह व्यवहार गरोस् भनेर माग गरिरहेका थियौं । अब चलचित्र पनि करको दायरामा आएपछि पक्कै पनि राज्यले कर्पोरेट सरह व्यवहार गर्नेछ,” निर्देशक खनाल भन्छन्, “चलचित्र उद्योगले कर तिर्ने भएपछि राज्यसँग गर्ने बार्गेनिङ पावर पनि बढ्छ । जति धेरै चलचित्र क्षेत्रले कर तिर्छ, त्यति नै यो क्षेत्रप्रति राज्यको दायित्व पनि बढ्छ ।”

Agni Group
NIC Asia

अब झोलामा फिल्म बनाउने परिपाटीको अन्त्य हुने उनको विश्वास छ । प्रोडक्सन हाउस नराखी विना हिसाबकिताब चलचित्र बनाउने प्रचलनको अन्त्य भएमा पनि केही हदसम्म चलचित्र क्षेत्र व्यवस्थित हुने निर्देशक खनाल बताउँछन् । 

पारदर्शिता बढेसँगै चलचित्रको ग्रस कलेक्सनको यकिन विवरण आउने अपेक्षा रहेको बताउँदै उनी भन्छन्, “बक्स अफिस लागु भएसँगै धेरै चलचित्रका धेरै आयाममा सकारात्मक असर पर्छ, पारदर्शिता पनि बढ्छ भन्ने हाम्रो विश्वास छ ।” काठमाडौं उपत्यका भित्रभन्दा पनि बाहिर यसको आवश्यकता औँल्याउँदै उनी भन्छन्, “काठमाडौं उपत्यकाका मल्टिप्लेक्सको रिपोर्ट पहिला पनि आउँथ्यो, वास्तवमा काठमाडौं बाहिरको कलेक्सनको रिपोर्टको आवश्यकता निर्मातालाई छ । आशा गरौं, बाहिर पनि बक्सफिस लागु गर्दै जाला ।” हावाका भरमा करोडौं ग्रस कलेक्सन भएको प्रचार गर्ने प्रचलनको भने अब अन्त्य हुने निर्देशक खनाल बताउँछन् । 

Global Ime bank

चलचित्र निर्मातासमेत रहेका निर्देशक विकास आचार्य बक्सअफिस लागु भएछि अब निर्माताहरुलाई सहज भएको बताउँछन् । “हलहरु पारदर्शि भएनन् भन्ने सधै गुनासो हुने गरेको थियो, अब त्यो अवस्था रहँदैन । जहिले भएपनि हुनै पथ्र्यो अहिले लागु भयो यो समग्र चलचित्र उद्योगकै लागि राम्रो हो,” आचार्य भन्छन्, “निर्मातासँगै सरकारलाई पनि राजस्व जाने भएको छ ।” 

हलहरुले शो नै गायब गरिदिने र टिकट बिक्री लुकाउने गरेको समस्या अब अन्त्य हुने उनी बताउँछन् । चलचित्रले व्यापार गरेको खण्डमा अब निर्माताहरुले ठगिनुपर्ने छैन ।

निर्देशक रामबाबु गुरुङ बक्सअफिस लागु हुनु सकारात्मक भएपनि यसले रातारात चलचित्र क्षेत्रमा परिवर्तन ल्याउँछ भन्नेमा विश्वास राख्दैनन् । “पारदर्शिता बढ्छ भन्ने अपेक्षा पक्कै पनि धेरैमा हुनेछ तर नियतमा नै खोट छ भने अहिले जडान गरिएको प्रविधिले सबैकुरा रोक्न सक्छ जस्तो लाग्दैन,” गुरुङ भन्छन्, “बक्सअफिस लागु भयो भन्दैमा चलचित्रमा रातारात लगानी थपिन्छ भन्ने पनि होइन । प्यासनले लगानी गर्नेहरु हुन्छन् ।”

चलचित्रको कलेक्सनको बजारबाजी भने अब अन्त्य हुने गुरुङ बताउँछन् । चलचित्र रिलिज भएको हप्ता दिन नहुँदै करौडौं कमाएको प्रचार गर्नेहरु अब राज्यले कर उठाउने भएपछि त्यसो नगर्ने उनी बताउँछन् । निर्माता, वितरक र प्रदर्शकबीच राम्रो समन्वय भएको खण्डमा भने बक्सअफिस प्रणालीमार्फत चलचित्रमा पारदर्शितासँगै धेरै पक्ष व्यवस्थित हुँदै जाने उनी गुरुङको विश्वास छ । 

५ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र उद्योगमा यही साउन १ गतेबाट काठमाडौं उपत्यकाका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटरमा बक्स अफिस लागु भएको हो । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार वार्षिक करिब सयवटा चलचित्र रिलिज हुँदै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०७५  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu