site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टेलिफोन र इन्टरनेट डाटाको शूल्क तत्काल नबढ्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले तत्कालका लागि टेलिफोन र इन्टरनेटको शूल्क नबढाउने भउको छ । सरकारले आगामी आर्थिक वर्षदेखि नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क बढाउने बताएपनि हाललाई पहिलेकै दरमा ती सेवाहरु उपलब्ध गराउने भएको हो ।

टेलिफोन तथा इन्टरनेट शूल्क तत्कालका लागि समायोजन नगर्ने टेलिकमको योजनाअनुरुप टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेज उपलब्ध गराउने भएको हो । मनसुन अफर साउन १ गते देखि लागू हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले आगामी साउन १ गते देखि लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्याएको छ । त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ । अहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्र्दैन । यसर्थमा भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नुपर्ने भएको हो ।

एडीएसएल लगायत विभिन्न प्याक विशेष लोकप्रिय भएकाले ग्राहकहरुलाई थप आर्थिक भार नपर्ने गरी कम्पनीले पहिलेकै दरमा सेवा उपलब्ध गराइएको हो । त्यसअन्तर्गत, कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी–फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइएको छ । 

Global Ime bank

कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशत सम्म बोनस उपलब्ध गराइएको छ । 

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजको मूल्य समायोजन गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC