site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको असन्तुष्ट पक्षले संस्थापन पक्षको बलियो पकड मानिएको कञ्चनपुरमा ‘समानान्तर कमिटी’ गठन गरेको छ । संस्थापनको विरोधमा लामो समयदेखि समानान्तर गतिविधि गर्दै आएको महामन्त्री कुन्दराज काफ्ले समूहले बिहीबार कञ्चनपुरमा समानान्तर कमिटी गठन गरेको हो । 

महामन्त्री काफ्लेले कञ्चनपुरमा विधिवत रुपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित कृष्णराज भट्टलाई जिल्ला अध्यक्ष तोकेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । महामन्त्री काफ्लेले भट्टका नाममा जारी गरेको पत्रमा नेविसंघको विधान २०२७ छैठौं संशोधन २०७३ को अधिनमा रही सवैको सल्लाह र सुझावका आधारमा कार्यसमिति विस्तार गर्न र तत्तकाल जिल्ला अधिवेशन सम्पन्न गर्न भनिएको छ । 

यसअघि गत फागुनको अन्तिम साता नेविसंघका अध्यक्ष नैनसिँह महरले जिल्ला अधिवेशन गर्ने म्याण्डेडसहित टेकराज पाण्डेयलाई अध्यक्षमा मनोनित गरेका थिए । संस्थापन पक्षबाट अध्यक्षको जिम्मेवारी पाएका पाण्डेयले केही दिन अघिमात्रै जिल्ला कार्यसमिति विस्तार गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !