site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको नयाँ कर नीतिले मोबाइलको मूल्य बढ्ने, चोरी पैठारीको सम्भावना बढेको व्यवसायीको प्रतिक्रिया
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले उपभोक्ताबाट संकलन गरेको मूल्य अभिवृद्धि कर संकलन गर्नेलाई फिर्ता गर्ने व्यवस्था खारेज गरेसँगै मोबाइलको मूल्य बढ्ने भएको छ । मोबाईल सेट बिक्रीकर्ताले भ्याट दर्ता भएको व्यक्तिलाई मोबाइल विक्री गरेवापत पैठारीमा तिरेको भ्याट फिर्ता पाउने व्यवस्था खारेज भएसँगै बिक्रेताले मोबाइलमा जोड्ने खुद कर रकम बढ्ने भएको हो ।

मोबाइल आयातमा लाग्ने १० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोड्दा मोबाइलको मूल्य बढी पर्न जाने हुँदा व्यवसायीको पहलमा भ्याट फिर्ताको व्यवस्था गरिएको थियो । यसअघि केही वर्षअघि ६० प्रतिशत भ्याट व्यवसायीलाई नै फिर्ता हुने व्यवस्था हुँदा व्यवसायीले फिर्ता नहुने करअनुसार मोबाइल मूल्य निर्धारण गर्दै आएका थिए । सो अवस्थामा व्यवसायीले सरकारलाई तिर्नुपर्ने खुद कर ५.२ प्रतिशत मात्र हुने गरेको थियो ।

पछि बिक्रीकर्तालाई फिर्ता हुने भ्याटको प्रतिशत घट्दै गएपछि मोबाइलको मूल्य विस्तारै बढ्दै गएको जानकारहरु बताउँछन् । अहिले फिर्ता हुने भ्याट शून्य बनाउँदा मोबाइलबो मूल्य झनै बढ्ने उनहिरको दावी छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मोबाइल फोन इम्पोटर्स एसोसिएसनका अध्यक्ष दिपक मल्होत्राका अनुसार भ्याट फिर्ता हुने व्यवस्था खारेजी हुँदा मोबाइलको मूल्य ५.२ प्रतिशतले बढ्ने देखिन्छ ।

उनले भने, “भ्याट फिर्ता नहुने हो भने हामीले पुरै १३ प्रतिशत मूल्यमा जोड्नुपर्ने हुन्छ । तसर्थ, मूल्य बढ्नु स्वभाविक हो ।” 

Royal Enfield Island Ad

उनले अहिले १ लाख रुपैयाँमा बेच्ने गरेको मोबाइलको मूल्य बढेर १ लाख ५ हजार २ सय पुग्ने दाबी गरे ।

पछिल्लो दुईवर्ष भ्याट फिर्ताको व्यवस्था ६० प्रतिशतबाट घटेर ५० हुँदै ४० प्रतिशतमा सीमित भएको थियो । अब सरकारले यो पनि हटाएर शून्य बनाउँदा मोबाइलको मूल्य बढ्ने मात्र नभएर मोबाइलको चोरी पैठारीसमेत बढ्ने खतरा भएको उनी बताउँछन् । “भ्याट फिर्ता रकम घट्दा हामी लगातार मूलय बढाउन बाध्य भएका थियौं जसबाट हामीलाई फिर्ता रकम खल्ती भर्ने काममा प्रयोग गरियो भन्ने आरोप समेत लाग्यो,” उनको गुनासो थियो । तर, हामीले तिर्नुपर्ने नेट भ्याट रकममात्र मूल्यदर कायम गर्न लगाउने गरेका छौं ।”

सरकारले मोबाइल चोरी पैठारी नियन्त्रणका लागि आईईआई नम्बर दर्ता अनिवार्य रुपमा कार्यान्वयन गर्न लागेको छ । यो पूर्णरुपमा कार्यान्वयनमा आए अवैधानिक रुपमा ल्याइएका मोबाइलमा सिम सपोर्ट गर्दैन । मल्होत्रा भन्छन्, “हाम्रो पहलमा सरकारले यो व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । अहिले मूल्य वृद्धि हुने देखिँदा सरकारले चाँडै यो व्यवस्था अनिवार्य नगरे मोबाइलको चोरी पैठारी उच्चे हुने निश्चित छ ।” 

यसमा सरकरले नियमित अनुगमनको योजना बनाएको बताउँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०७५  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro