site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रतिवादीका वकिल भन्छन्– सनम हत्याबाहेक बाँकी ‘काल्पनिक कथा’!
Sarbottam CementSarbottam Cement

विराटनगर । ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा थुनछेक बहस आइतबारदेखि जारी छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशमा प्रतिवादी पक्षका वकिलहरुले बहस जारी राखेका छन् ।
प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता शभ्भु थापा, सुशील पन्त पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ लगायत ६८ जना वकिल रहेका छन् । अहिलेसम्म ३५ जनाले बहस गरेका छन् । 

प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुमध्ये सबैजसोले सनम शाक्य हत्याको प्रमाण भएपनि अन्य कुराहरुको प्रमाण नभएकाले साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।  बुधबार प्रतिवादी एसएसपी श्याम खत्रीका चालक प्रहरी जवान विष्णुबहादुर खड्काको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता हिक्मत पौडेलले घटनामा उनको संलग्नता नभएको जिकिर गरे ।

बुधबार १० जना कानुन व्यवसायीले बहस गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्य प्रहरी अधिकारीको समेत बचाउ गर्दै उनले सनम शाक्यको हत्याबाहेक अरु सबै कुरा काल्पनिक भएको तर्क गरे । अभियोगपत्र आधारहीन र तथ्यहीन भएको उनको तर्क थियो ।
उनले संगठित अपराध ऐन अन्तर्गत मुद्दा चलाइएकोमा आपत्ति समेत प्रकट गरे ।

टेलिफोन कलका आधारमा मुद्दा चलाउन नमिल्ने बताउँदै गृह मन्त्रालयले बनाएको विशेष छानबिन समितिले प्रहरी जवान खड्कालाई यातना दिँदै, निधारमा पेस्तोल तेस्याउँदै र प्रलोभन दिँदै अनावश्यक बयान दिन लगाएको तर्कसमेत उनले गरे ।

Global Ime bank

उनको पक्षमा अधिवक्ता खगेन्द्र श्रेष्ठले पनि बहस गरे । यस्तै अन्य अधिवक्ताले पनि हराएको भनिएको सुन नै नभेटिएको अवस्थामा काल्पनिक कथा बनाएर अन्य प्रतिवादीमाथी मुद्दा चलाइएको जिकिर गरे । 

बहस केहीदिन लम्बिन सक्ने 
 

मोरङ जिल्ला अदालत स्रोतका अनुसार प्रतिवादी पक्षमा वकिलहरुको थुनछेक लम्बिन सक्ने देखिएको छ ।

अधिवक्ताहरुलाई पुरानो कुरा नदोहोरिने गरी आफ्नो तर्क प्रस्तुत गर्न समय दिइएको छ । बहसमा सबै अभियुक्तलाई उपस्थित गराइएको छ । बुधबार पनि नेपाल प्रहरीका निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसी प्रजित केसी, संञ्जय राउत, सई बालकृष्ण सञ्जेल, पूर्वडीआईजी गोविन्द निरौला, भुजुङ गुरुङ लगायत सबै प्रतिवादी उपस्थित थिए । 

सुन मुद्दाले अन्य मुद्दा प्रभावित

सुन र सनम हत्या प्रकरणको मुद्दाले मोरङ जिल्ला अदालतमा अन्य मुद्दाको सुनवाई प्रभावित हुन थालेको छ । दैनिकजसो १४÷१५ मुद्दा प्रभावित भएको मोरङ जिल्ला अदालतले जनाएको छ । बुधबार मात्रै १८ मुद्दा प्रभावित भएको जिल्ला अदालतले जनाएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement