अर्थ व्यवसाय

सीजी मोटोकोर्पद्वारा ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण

सीजी मोटोकोर्पद्वारा ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण

काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ । सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिनेछ । १८० डिग्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पु¥याउने छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक सिताराम हाछेथुको उपस्थितिमा क्यामरा हस्तान्तरण गरिएको थियो । 

कार्यकारी निर्देशक करण चौधरीले भने, “देशको अटोमोटिभ क्षेत्रमा हामी अग्रणी छौँ र सडक सुरक्षामा हाम्रो पनि जिम्मेवारी रहेको छ । यहाँका सडकहरुमा ट्राफिक व्यवस्थापनका लागि हाम्रा ट्राफिक प्रहरीहरुले जिम्मेवारीपूर्व गर्नु भएको कार्यहरु प्रशंसनीय छन् । हाम्रा सडकहरु सुरक्षित बनाउने उपायहरु अपनाउने उद्देश्यसहित गरिएको यस सिसि क्यामराको हस्तान्तरण हाम्रो ट्राफिक प्रहरीसँगको समन्वयमा गरिने विभिन्न कार्यहरुमध्येको एक हो ।”    
 

तपाईंको मत