site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईपीएलको सट्टा लगाउने दुई भारतीय नागरिक काठमाडौंमा पक्राउ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । भारतको चर्चित इन्डियन प्रिमीयर लिग (आइपीएल)  क्रिक्रेटमा अनलाइन सट्टेबाजी गराउने दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पिपरास्टेशनका ४२ वर्षीय मुकेश जैसवाल र भारतकै मोतिहारी ढाकास्टेशनमा २१ वर्षीय संजिव कुमार जैसवाल रहेका छन् । मुकेश काठमाडौंको जमलमा र सञ्जिव टंकेश्वरमा बस्दै आएका थिए । उनीहरुले खिचापोखरी क्षेत्रमा आइपीएलका प्रत्येक खेलअघि अनलाइन जुवा (बुक्की) खेलाउने गरेका थिए । 

आइपीएलको सट्टेवाजी हुने सूचना आएपछि प्रहरीको गोप्य अपरेसनबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । उनले काठमाडौं लगायतका नेपालका विभिन्न क्षेत्रमा भारतीय क्रिक्रेट प्रतियोगिताको सट्टेवाजी लाखदेखि करोडौंसम्म हुने गरेको आफूलाई जानकारी आएको बताए ।

काठमाडौंका अन्य स्थानमा पनि सादा पोसाकका प्रहरी परिचालन भएको उनको भनाइ छ । पक्राउ परेकाहरुबाट १ लाख ४० हजार ५ सयसहित हिसाब राख्ने नोटबुक फेला परेको छ । भारतमा जारी आइपीएलका प्रत्येक खेलमा कुन टिम जित्छ, कुन खेलाडीले कति रन हान्छ लगायत सर्तमा सट्टाबाजी लाग्ने गर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro