site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

लहान । सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ । 

कमसल निर्माण सामग्रीको प्रयोग गरी गुणस्तरहीन काम गरेका कारण निर्माण सम्पन्न नहुँदै उक्त नाला भत्किएको स्थानीयवासीले बताएका छन् । ठेकेदार कम्पनीले नाला निर्माणमा कमला नदीको बालुवा प्रयोग गर्न खोज्दा स्थानीयवासीले अवरोध गरेको स्थानीय नथुनी कामतीले बताए। 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नाला निर्माणमा कमसल सामग्रीको प्रयोग हुँदा पनि डिभिजन सडक कार्यालय लहानले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । “समयमा राम्रोसँग प्राविधिक जाँच भएन,” कामतीले भने । 

डिभिजन सडक कार्यालयले रु चार करोड ९३ लाख ६१ हजार लागत चोहर्वा–सिरहा माडर सडकमा नाला, सडक निर्माणको कार्यको ठेक्का धनुषाको रोशन कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । सोही ठेक्काअनुसार करीब रु ४० लाखको लागतमा भलुवाहीमा नाला निर्माण गरिँदैछ । 

Royal Enfield Island Ad

डिभिजन सडक कार्यालय लहानका इन्जिनियर नितिश झाले नाला निर्माणमा कमजोरी नभएको दाबी गर्नुभयो । नालाको निर्माण भइरहेकै बेला वर्षा भएको र नालाको छेउमा माटो नहालिएकाले थेग्न नसकेर भत्किएको उनी बताउँछन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro