site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एमबाप्पेको दुई गोल, पीएसजी फाइनलमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा काएनलाई ३ – १ ले हराउँदै पिएसजी फेन्च कपको उपाधि नजिक पुगेको हो ।

काएनको मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई तथा क्रिस्टोफोरले एक गोल गरे । अन्तिम समय १० खेलाडीमा सिमित काएनका इस्माइल डियोमाण्डेले एक गोल फर्काए । अब फाइनलमा पिएसजीले लेस हेर्बीएर्ससँग खेल्ने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु टोली काएनविरुद्ध पिएसजीले पहिलो हाफको २५ औं मिनेटमा एमबाप्पेको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ४३ औं मिनेटमा घरेलु टोलीका डियोमाण्डेले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पिएसजीले दुई गोल गर्दै फाइनल यात्रा तय गर्यो । खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई २ – १ को अग्रता दिलाए ।

Global Ime bank

खेलको ९० औं मिनेटमा काएनका गोलकर्ता डियोमाण्डेले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा क्रिस्टोफोरले गोल गर्दै पिएसजीलाई ३ – १ को जित दिलाए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC