site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वैशाख ९ को एकता टर्यो– एमालेले ५० प्रतिशत नदिने माओवादीले नछाड्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । १२ दिनपछि बसेको एमाले–माओवादी पार्टी एकता सम्योजन समितिको बैठकले विवादित विषय सुल्झाउन नसकेपछि एकताको जिम्मा दुई अध्यक्षको काँधमा आएको छ । मंगलबार तीन घन्टा बसेको बैठकले विवादित विषय किनारा लगाउन नसकेपछि कार्यदलले सुझाएको वैशाख ९ को एकताको तिथि लगभग टरेको संकेत दुवै पार्टीका नेताहरूले दिएका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले ‘फाइनल टच दिन बाँकी रहेकाले’ ९ गते नै एकता गर्न असम्भव देखिएको बताए ।  “भोलिदेखि नै नेताहरू सरकारले सञ्चालन गरेको निरक्षरता उन्मुलन कार्यक्रममा जानुहुन्छ,” उनले भने, “९ गतेलाई असम्भवजस्तै देखिएको छ ।”

त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक बस्ने र थप छलफल गर्ने भएकाले यसै भन्न नसकिने उनको भनाइ थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले ९ वैशाखको मिति एकता समितिले घोषणा गरेको नभइ कार्यदलले दिएको सुझाव भएकाले उक्त मितिमा एकता नभए आश्चर्य मान्न नहुने जिकिर गरे ।

कहाँ अड्कियो गाँठो ?
 

Global Ime bank

विवादित विषय दुवै दलले त्यति सार्वजनिक गर्न चाहेका छैनन् । एमाले महासचिवसमेत रहेका पोखरेलले विवाद होइन छलफलका विषय भन्नुपर्ने तर्क गर्छन् । उनले ५० प्रतिशतको हिस्सा माओवादी केन्द्रका नेताले नमागेको बताउँदै चुनाव चिह्न त विवादै नभएको जिकिर गरे । जनयुद्धको सवालमा पनि एमाले प्रष्ट रहेको बताउँदै उनले सामान्यिकरण गरे, “सबैलाई थाहा छ, हामी भिन्न पृष्ठभूमिबाट आएका हौँ । अहिले एकताको प्रक्रियामा छौँ । विगतमा हामी कहाँ थियौँ भनेर पछि समीक्षा गरौँला ।”

त्यस्तै उनले ५०÷५० प्रतिशतको हिस्सेदारी बैठकमा उठ्दै नउठेको जिकिर गरे । उनले भने, “एकता प्रक्रिया पछि न एमाले रहन्छ, न माओवादी केन्द्र रहन्छ । अलग्गै पार्टी हुने भएपछि यसका यति र उसका उति भन्ने विषय नै रहँदैन ।”
“भित्र माओवादी केन्द्रका अध्यक्ष र महासचिवलगायतका नेता हुनुहुन्छ, हामीले छलफल ग¥यौँ । उहाँहरूले यति चाहियो भन्नुभएको छैन,” उनले प्रष्टिकरण दिए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने विवादित विषय दुई अध्यक्ष बसेर टुंग्याउने समझदारी भएको बताउँदै कार्यदलले एकता प्रक्रिया किनारा लगाउन नसकेको संकेत गरे । “दुवै कार्यदलले दिएको सुझाव हामीले घनिभूत अध्ययन ग¥यौँ,” उनले भने, “कार्यदलले दिएका महत्त्वपूर्ण सुझाव समेट्ने जिम्मा दुवै अध्यक्षलाई दिएका छौँ ।”

उनले पनि ९ वैशाखमा पार्टी एकता हुन नसक्ने बताउँदै शीर्ष नेताबीच  समझदारी बन्नेबित्तिकै एकता संयोजन समिति बसेर एकताको मिति तय गर्ने जानकारी दिए ।

मंगलबारको बैठकमा अध्यक्ष ओलिका अतिरिक्त एमालेबाट नेता माधव नेपाल उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रबाट प्रचण्डका अतिरिक्त श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  ०५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय