site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा ५० लाख प्रतिबन्धित भारूसहित दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा प्रहरीले प्रतिबन्धित करिब ५० लाख भारतीय रुपैयाँ पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको छ । लाजिम्पाट इलाकामा अवैध कारोबार भएको भन्ने विशेष सूचनाका आधारमा गएराति प्रहरी परिसरले विशेष टोली खटाएको थियो । विशेष टोलीले ४९ लाख ३१ हजार ५ सय प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेमा मोरङका सुनील देव र नुवाकोटका चेतबहादुर नेपाली रहेका छन् । सुनील देव कपडा व्यापारी र नेपाली माओवादीका पूर्व लडाकु रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार करिब ५ करोड रुपैयाँ रहेको सूचना दिइएको थियो । सोही आधारमा विशेष टोली खटाइएको थियो ।

“काठमाडौंमा करोडौं भारतीय प्रतिबन्धित नोट रहेको हामीले सूचना पाएका छौं,” काठमाडौं प्रहरी परिसर विश्वराज पोखरेलले भने,“हामीले खोजतलास जारी राखेका छौं । यसका लागि गिरोह नै रहेको आशंका छ ।” काठमाडौंमा अहिले गिरोह नै रहेको प्रहरीले जनाएको छ । प्रतिबन्धित नोट राजस्व विभागमा बुझाउने प्रहरीले जानकारी दिएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement