site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस) । महानगरीय अपराध महाशाखाले विभिन्न सरकारी तथा शैक्षिक संस्थाको छाप तथा कर्मचारीको दस्तखत किर्ते गर्ने तीनजनालाई पक्राउ गरेको छ । 

महाशाखाको टोलीले त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा विदेश जानका लागि खुमानसिंह थापाले दर्ता गरेको कागजात नक्कली भएपछि प्रहरीले गुल्मीका खुमानसिंह थापासहित, चितवनका अर्जुन अधिकारी र सल्यानका बलबहादुर राउतलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

खुमानसिंह थापाको नक्कली कागजात अर्जुन अधिकारीमार्फत बलबहादुर राउतले बनाउने गरेको अनुसन्धानमा खुलेपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको हो । उनीहरुले पुलिस रिपोर्ट प्रमाणीकरण गर्ने क्रममा एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको खबर पाएपछि महाशाखाको टोलीले समातेको हो । 

उनीहरुले एसएलसी क्यारेक्टर सर्टिफिकेट , बैंक स्टेटमेन्ट, मृत्यु दर्ता, विवाह दर्ता, प्रहरी रिपोर्ट, नाता प्रमाणितलगायतका कागजात नक्कली बनाउने गरेको प्रहरीले जनाएको छ । 

Global Ime bank

हालसम्म राउतले चार हजारप्रति नक्कली शैक्षिक प्रमाणपत्र, एक हजार ५०० थान बैंक स्टेटमेन्ट, ४०० थान सवारी चालक अनुमतिपत्र, १५० थान प्रहरी रिपोर्ट बनाएको अनुसन्धानमा खुल्न आएको छ । 

राउतले शैक्षिक प्रमाणपत्रलाई रु एक हजार ५०० देखि पाँच हजार, बैंक स्टेटमेन्टलाई रु एक हजार ५०० देखि दुई हजार ५०० सम्म, सवारी साधन अनुमतिपत्रलाई रु एक हजारदेखि दुई हजारसम्म, प्रहरी रिपोर्टलाई रु ५०० देखि एक हजारसम्म लिने गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ । 

पक्राउ परेकालाई मुलुकी ऐन किर्ते कागजको १२ नं बमोजिम कारवाही गरिनेछ । 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४  ०६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement