काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीको चौथो विकेट पतन भएको छ । पपुवा न्युगिनीका सेसी बाउ ११ रनमा आउट भए ।
सन्दीप लामिछानेले बाउलाई सस्तैमा आउट गरेपछि पपुवा न्युगिनी दबाबमा आएको छ । यसअघि पनि तेस्रो विकेटको रुपमा सन्दीपले चड सोपर १० रनमा आउट गराएका थिए । सन्दीपले २ विकेट लिई सकेका छन् ।
यसअघि टोनी उरा ११ रनमा आउट भएका थिए । उनलाई करण केसीले आउट गराएका थिए । पहिलो विकेटको रुपमा कप्तान असद भाला १० रनमा आउट भएका थिए । सोमपाल कामीले कप्तान भालालाई आउट गराएका थिए । नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।
अहिले १५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पपुवा न्युगिनीको ५८ रन भएको छ ।
आजको खेल दुबै टिमलाई महत्वपूर्ण छ । नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको खण्डमा र अर्को प्ले अफमा हङकङलाई नेदरल्याण्डले पराजित गरेमा नेपालले एक दिवसीय मान्यता पाउनेछ ।