site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साबिकको बिजेता चेल्सीलाई पराजित गरेको छ ।  लिग अन्तर्गत आइतबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २ – १ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । युनाइटेडको जितमा रोमेरो लुकाकु र जेसे लिंगार्डले समान एक एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

चेल्सीका विलियनले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । खेलको ३२ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ३९ औं युनाइटेडका लुकाकुले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युनाइटेडका लिंगार्ड चम्किए  । खेलको ७५ औं मिनेटमा लिंगार्डले गोल गर्दै युनाइटेडलाई २ – १ को महत्वपूर्ण जित दिलाए ।

Global Ime bank

यो जितसँगै लिगको दोस्रो स्थानको युनाइटेडले २८ खेलबाट ५९ अंक जोडेको छ । युनाइटेड शिर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १३ अंकले पछि छ । एक खेल खेलेको सिटीको ७२ अंक छ । तेस्रो स्थानको लिभरपुलको २८ खेलबाट ५७ अंक छ । पराजित चेल्सी ५३ अंक जोडेर पाँचौ स्थानमा छ ।

इंग्लिश प्रिमियर लिग अन्तर्गत नै आइतबार राति भएको अर्को खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई १ –० ले हराएको छ । टोटनह्यामको जितमा ह्यारी केनले निर्णायक गोल गरे । जितपछि ५५ अंक जोडेको टोटनह्याम लिगको चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०७४  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC