घटना क्रम
काठमाडौं । सन् २०१६ मा प्रदर्शित फिल्म ‘ह्याप्पी भाग जाएगी’ को सिक्वेल ‘ह्याप्पी फिर भाग जाएगी’ २४ अगस्टमा रिलीज हुने भएको छ । यसअघिको भागमा ‘भगौडी’ दुलहीको भूमिका निभाईसकेकी अभिनेत्री डायना पेंटी सीक्वलका साथ कमब्याक गरिरहेकी छिन् । ‘ह्याप्पी फिर भाग जाएगी’ मा उनी अभिनेत्री सोनाक्षी सिन्हाका साथ देखिदै छिन् ।
फिल्ममा सोनाक्षी पनि ‘भगौडी’ दुलहीको भूमिकामा छिन् । डायनाले ट्वीट गरेर भनेकी छिन्, “अब थाहा भयो म एक्लै ह्याप्पी होइन् । एक अरु पनि भागेकी छिन् । जुत्ता बाँध सोनाक्षी सिन्हा । ‘ह्याप्पी फिर भाग जाएगी’ । २४ अगस्ट ।’’
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४ ०३:०३
प्रतिक्रिया दिनुहोस्