site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महर्जन कम्प्लेक्स विवादमा, स्थानीय आक्रोशित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौंको न्युरोडमा निर्माणाधीन महर्जन कम्प्लेक्स विवादमा तानिएको छ । संयुक्त राष्ट्र संघको विशेष संस्था युनेस्कोले काठमाडौंको वसन्तपुर दरबार स्क्वायरअगाडि बनिरहेको महर्जन कम्प्लेक्सलाई विश्वसम्पदा क्षेत्रवरिपरि रहेकोले निर्माण नगर्न भनेको थियो । तर, हाल आएर विश्वसम्पदा क्षेत्रभित्र पर्दैन, निर्माण गर्न सकिन्छ’ भनेपछि सम्पदाप्रेमी र कम्प्लेक्स धनीबीच विवाद उत्पन्न भएको हो । 

गएको पुस ७ गते युनेस्कोले महर्जन कम्प्लेक्सलाई पत्र पठाउँदै कम्प्लेक्स विश्वसम्पदा क्षेत्रभित्र पर्दैन, निर्माण गर्न सकिन्छ भने पनि काठमाडौंको मौलिक पहिचानलाई ध्यान दिँदै पुरानो शैलीमा भवन निर्माण गरिने कम्प्लेक्स सञ्चालकहरुको भनाइ छ ।  

विश्व सम्पदा संरक्षित क्षेत्रमा बन्ने घरको उचाइ ३५ फिटभन्दा कम हुनुपर्ने, भूमिगत तह खन्न नपाइने, ३/५ फिटभन्दा ठूला झ्याल राख्न नपाइने, घरको गारोमा इँटा देखिनुपर्नेलगायत मापदण्ड पुरातत्व विभागको भए पनि पुराना संरचना निर्माणको हकमा विभागको स्वीकृतिअनुसार साबिककै उचाइ कायम गर्न सकिने विभागको नियम छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरातत्व विभागको मापदण्ड र काठमाडौं महानगरपालिकाको स्वीकृतिमा कम्प्लेक्स बनिरहे पनि यसमा अनावश्यक व्यवधान सिर्जना भएको कम्प्लेक्स धनीहरुको भनाइ छ ।

उक्त कम्प्लेक्सलाई गतवर्ष मङ्सिर १९ गते काठमाडौं महानगरपालिकाले भूमिगतसहित ४ तलाको निर्माण स्वीकृति दिएको थियो । हाल कम्पलेक्स निर्माण भइरहेको यसै स्थानमा पहिले रहेको क्रिस्टल होटलको उचाइ ५३.३ फिट रहेको, भूमिगत तहमा पानी ट्याङ्की र लिफ्ट रहेको कम्प्लेक्सका प्रोप्राइटर कृष्ण महर्जनको भनाइ छ । 

Global Ime bank

आफूहरुले उक्त होटल किनेर अहिले पुरानो शैलीमा नयाँ घर बनाउन लागेपछि पछिल्लो समय उक्त घरमा व्यवसाय सञ्चालन गर्दै आएका केही व्यक्ति र स्थानीयबासी आक्रोशित भएको हुनसक्ने महर्जनले बताए । 

अख्तियार जान्छौंः सम्पदाप्रेमी

विश्व सम्पदा क्षेत्रमा मनपरि ढङ्गमा कम्प्लेक्स बन्न लागेको भन्दै स्थानीय र सम्पदाप्रेमीहरुले आपत्ति जनाउँदै आएका छन् । युनेस्कोले पहिला ‘सम्पदा क्षेत्रभित्र पर्दैन, निर्माण गर्न सकिन्छ’ भनेपछि वसन्तरपुर, झोँछे र भूगोलपार्क आसपासका स्थानीय र सम्पदाप्रेमीहरु अाक्रोशित भएका थिए ।

कम्प्लेक्सको उचाइ ३५ फिटभन्दा अग्लो भएको, निर्माण गर्दा भूमिगत तह खनिएको र हालको निर्माणाधीन अवस्थामा त्यस स्थानको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएकोप्रति पनि उनीहरुको आपत्ति छ । 

“कम्प्लेक्स बनाउँदा सुरक्षा व्यवस्था कडा पार्नुको कारण के हो ? नेपाल प्रहरीसमेतलाई सोधपुछ र हेर्न नदिई किन त्यहाँको भूमिगत तह खनियो ?” सम्पदा बचाउ अभियानका अभियन्ता गणपतिलाल श्रेष्ठले भने । कम्प्लेक्स निर्माणका विषयमा युनेस्कोले हचुवाका भरमा निर्णय गरेको बताउँदै उनले थपे, “युनेस्कोले ‘हुन्छ’ र ‘हुँदैन’ भनेको भरमा कम्प्लेक्स निर्माणको निर्णय हुन सक्दैन । यसमा नेपाल सरकारका निकायको स्पष्ट धारणा चाहिन्छ । सरकार नबोले हामी अख्तियार जान्छौं ।”

यता कम्प्लेक्स सञ्चालकहरु पहिले यसै स्थानमा रहेको होटल ८ तलाको रहेको र अहिले बन्दै गरेको कम्प्लेक्स भूमिगतसहित ४ तलाको मात्र रहेको तर्क गर्छन् । अहिले ३ तला निर्माण भइसकेको यस भवनले ३१ फिट उचाइ लिएको छ । सञ्चालकहरुका अनुसार ४ तला पुरा हुँदा भवनको उचाइ ४१ फिट हुनेछ । 

“यस कम्प्लेक्सका रहने ५० वटा पसलले करिब १५ सय व्यक्तिलाई रोजगारी मिल्छ, रोजगारी र आम्दानी सिर्जना गरी देशको अर्थतन्त्रमा थोरै भए पनि सहयोग पुर्याउने हाम्रो धारणा हो,” महजर्नले बाह्रखरीसँग भने । २० आना क्षेत्रफलमा बन्न लागेको यस कम्प्लेक्सको लागत करिब ३ अर्ब अनुमान गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०७४  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement