Skip Advt.

भिमदर्शन रोका स्मिृति कोषद्वारा सम्मान 

भिमदर्शन रोका स्मिृति कोषद्वारा सम्मान 

काठमाडौं । भिमदर्शन रोका स्मिृति कोषले यसवर्ष गणित विषयका  शिक्षक  बुद्धशरण मानन्धरलाई उत्कृष्ट शिक्षक सम्मान सहित रु ५० हजार १ रुपैयाँ प्रदान गरेको छ । साथै कोषले मातातीर्थ बुद्धाश्रम समितिलाई रु ४० हजार बराबरको सहयोग गरेको छ । िसद्धार्थ वनस्थली इन्स्टिच्युटका िवद्यार्थी द्वारा २०६१ सालमा याे काेषको स्थापना भएको हो । कोषलेसमाजमा शिक्षा एव साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने  व्यक्तिलाई सम्मान गर्दै आएको छ ।  

वि.सं. २०६१ सालमा रु १ लाखबाट कोष सुरुवात गरिएको थियो । प्रसिद्ध कवि भिमदर्शन रोका वनस्थली स्कुलका अत्यन्त प्रिय र सफल शिक्षक थिए । उनको उपचारका लागि एस.एल.सीका विद्यार्थीले संकलित रकम हस्तान्तरण गर्नुपूर्व नै उनको देहवसान भएपछि २०४० सालको एस.एल.सी. ब्याचलेे भिमदर्शन रोका स्मृति कोषको स्थापना गरेका हुन 
 

प्रतिकृया दिनुहोस