काठमाडौं । सर्वोच्च अदालत बारले नवनियुक्त वरिष्ठ अधिवक्ताहरुलाई आइतबार कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ । तीन महिनाअघि नियुक्त भएका वरिष्ठ अधिवक्ताहरुलाई बारले उपाधिको लागि बधाई दिएको हो ।
२ सय ७० जना वरिष्ठ अधिवक्तामध्ये सर्वोच्च बारका सदस्य रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, यदुनाथ खनाल, दिनेश त्रिपाठी, अनिता लक्ष्मी, अनिता सापकोटालगायत १ सय ३१ जनालाई वरिष्ठ अधिवक्ता तथा कानुनका विज्ञ कृष्णप्रसाद भण्डारीले माला लगाई सम्मान प्रदान गरे ।
कार्यक्रममा नेपाल बारकी उपाध्यक्ष उषा मल्ल पाठकले अदालतको मर्यादाको लागि सजग हुनुपर्ने बताउँदै बार सशक्त भएन भन्ने गुनासो बढिरहेको बेला सबै एक ढिक्का भएर जानुपर्ने र विधिको शासन कायम गर्न–गराउन लाग्नुपर्ने बताइन् । कार्यक्रममा बारका सचिव खम्बबहादुर खाती, वरिष्ठ अधिवक्ता हरिहर दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।