काठमाडौं ।अहिले समानुपातिकको मतगणना चल्दै गर्दा विवेकशील साझा पार्टीले तीन प्रतिशत पुर्याउला वा नपुर्याउला भन्ने सबैको चासो छ।
हालसम्मको नतिजाले एमाले, कांग्रेस, माओवादी, संघीय फोरम, राजपा र राप्रपाले ३ प्रतिशत पुर्याउने देखिएको छ । अहिलेसम्मको मतगणना हेर्दा पुर्याउन सक्ने अाकलन गरिएको छ । तर राप्रपाले अहिलेसम्म २.२९ प्रतिशत मात्रै मत प्राप्त गरेको छ । त्यसपछि सातौं स्थानमा रहेको विवेकशीलले २.२ प्रतिशत मात्रै भोट ल्याएको छ। उसको प्रभावक्षेत्रको भोट गणना सकिएकाले अब अगाडि आउने सम्भावना कम देखिएको छ।
यता प्रदेश नम्बर ३ मा भने हालसम्म ६.६७ प्रतिशत भोट ल्याएको उसले सिट पाउने सम्भावना छ। प्रदेशसभामा १.५ प्रतिशत थ्रेसहोल्ड भएपनि ४४ जना मात्रै समानुपातिक सांसद हुने भएकाले २.२७ प्रतिशत मत ल्याउनेले मात्रै ३ नम्बर प्रदेशमा सिटका हकदार हुन्छन्।