राजनीति
धनगढी । कैलाली निर्वाचन क्षेत्र–५ को प्रदेशसभा (क) मा नेकपा (एमाले) र प्रदेशसभा (ख) मा नेपाली कांग्रेस विजयी भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज अपराह्न सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार (क) मा विजयी नेकपा एमालेका नेपालु चौधरीले १७ हजार ३६७ मत पाए । उनका निकटतम नेकाका जीवन रानाले ११ हजार ७३ मत प्राप्त गरे ।
यस्तै प्रदेश (ख) मा विजयी नेपाली कांग्रेसका डिल्लीराज पन्तले ११ हजार २५३ मत पाउँदा उहाँका निकटतम माओवादी केन्द्रका रमेश धामीले नौ हजार ४८४ मत पाएका छन् ।
कैलालीको निर्वाचन क्षेत्र १, २, ३ र ४ को मतगणना भने जारी रहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४ २१:१४
प्रतिक्रिया दिनुहोस्