site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

धनगढी  । कैलालीमा एचआईभी संक्रमण घट्नुका साथै संक्रमितको मृत्युदर पनि घट्दै जान थालेको एक तथ्यांकले देखाएको छ । ३० औं विश्व एड्स दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थ केयर फाउण्डेसनले एड्स संक्रमण र संक्रमतिको मृत्युदर घट्दै गएको तथ्यांक सार्वजनिक गरेको हो । 

पछिल्लो समय जनचेतनाको विकाससँगै संक्रमितले एआरभी औषधिको सेवन गर्न थालेपछि एचआइभी एड्स संक्रमण र संक्रमितको मृत्युदर कम हुँदै गएको सरोकारवाला बताउँछन् । जिल्ला एड्स हेल्थ फाउण्डेशन कैलालीको तथ्यांकअनुसार कैलालीमा पछिल्ला वर्षहरुमा एचआईभीको संक्रमण घट्दो क्रममा छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आर्थिक वर्ष २०७२–०७३ मा एचआईभी एड्सबाट ४० जनाको ज्यान गएकोमा २०७३–०७४ २० जनाको ज्यान गएको थियो । चालू आर्थिक वर्षको चार महिनामा भने १० जना संक्रमितको ज्यान गएको एड्स हेल्थ केयर फाउण्डेसनका क्षेत्रीय कार्यक्रम संयोजक माधव पन्तले जानकारी दिए । 

कैलालीमा धनगढीस्थित सेती अञ्चल अस्पताल र टिकापुर अस्पताल परिसरमा एआरटी सेन्टर सञ्चालित छन् । कैलालीमा हाल १ हजार १ सय ८९ जनाले नियमित रुपमा एचआइभी एड्स विरुद्धको औषधि सेवन गरिरहेका छन । अहिले चेतना विस्तारसंँगै संक्रमण कम हुँदै गएकाले चेतनामूलक कार्यक्रमलाई ग्रामिण क्षेत्रसम्म प्रभावकारी रुपमा लैजान सके संक्रमणको अवस्थालाई धेरै कम गर्न सकिने सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट कपिल गौतमले बताए । 

Royal Enfield Island Ad

पछिल्लो तथ्यांकअनुसार देशभर नै एचआइभी एड्स संक्रमणको अवस्था कम हँुदै गइरहेको छ । अहिले देशभर ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको अनुमान गरिएको भए पनि ३० हजार २ सय संक्रमितमात्रै दर्ता भएका छन् । 

विश्व एड्स दिवस एचआइभी एड्स रोकथाम र नियन्त्रणका लागि सरोकारवाला निकायले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । डिसेम्बर १ मा एड्स दिवसको अवसरमा धनगढीमा प्रभातफेरी निकालिएको छ । एक सातासम्म हाजिरीजवाफ प्रतियोगिता, बिरामीलाई फलफूल वितरण, सूचना सन्देश प्रसारण, कण्डम वितरण र निःशुल्क एचआईभी परीक्षण र परामर्शलगायतका कार्यक्रम गरिने जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro