site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
कांग्रेसका चार गुटबाट १५ मन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
केपी शर्मा ओलीको सरकार ढालेर पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुन सघाएको नेपाली कांग्रेसले दाहाल मन्त्रिपरिषद् बनेको २३ दिनपछि मात्र आफ्नोतर्फबाट सरकारमा प्रतिनिधित्व बढाएको छ । पहिले एक जना उपप्रधान मन्त्री तथा एक मन्त्रीमात्र पठाएको कांग्रेसले हिजो राति थप तेह्र मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको थियो । अब दाहाल मन्त्रिपरिषद्मा कांग्रेसका १५ मन्त्री रहने भएका छन् ।
नेपाली कांग्रेसको नयाँ मन्त्री चयन हेर्दा कांग्रेसभित्र स्पष्टरूपमा चार गुट बनेको देखिएको छ । एउटा संस्थापन पक्ष शेरबहादुर देउवाको गुट, अर्को विपक्षी रामचन्द्र पौडेलको समूह, त्यसपछि तेस्रो धार कृष्णप्रसाद सिटौला समूह र चौथो खुमबहादुर खड्काको गुट । अहिलेको भागवन्डाअनुरूप संस्थापनले आठ मन्त्रालय पाएको छ भने विपक्षले पाँच र अन्य दुई समूहले एक एक मन्त्रीमा चित्त बुझाएका छन् ।
थपिएका मन्त्रीहरूमा अर्जुननरसिंह केसी – सहरी विकास, प्रकाशशरण महत – परराष्ट्र, बालकृष्ण खाण – रक्षा, सूर्यमान गुरूङ – श्रम, केशवकुमार बुढाथोकी –सामान्य प्रशासन, जीवनबहादुर शाही – पर्यटन, रोमी गौचन थकाली – वाणिज्य, नवीन्द्रराज जोशी – उद्योग, हृदयराम थानी – सहकारी तथा गरिबी निवारण, सीतादेवी यादव – शान्ति तथा पुनर्निर्माण, दीपक गिरी – सिंचाई, शंकर भण्डारी – वन र गगन थापा – स्वास्थ्य मन्त्री रहेका छन् ।
अन्नपूर्ण पोस्टबाहेक आज प्रकाशित अधिकांश दैनिकले यही समाचारलाई मुख्य समाचार बनाएका छन् ।
क्रिकेटका नाममा ‘मानव तस्करी’
नेपालबाट क्रिकेट खेल्न जापान गएका १८ मध्ये ९ जना खेलाडी जापानमा नै लुकेर बसेको र सो सम्बन्धमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चासो देखाएको समाचार आजको अन्नपूर्ण पोस्टको मुख्य समाचार बनेको छ । सो समाचारअनुसार काठमाडौंको एउटा एफसी नामक क्लबले केही स्थापित क्रिकेटर र केही नचिनिएका अनुहारलाई जापानमा गएर मैत्रीपूर्ण क्रिकेट म्याच खेल्ने भनेर लिएर गएकोमा र आधाभन्दा बढी व्यक्ति लुकेर बसेका छन् । यस विषयमा आईसीसीले चासो देखाएका कारण खेलकुद मन्त्रीले पनि विशेष ध्यान दिएको पोस्टले लेखेको छ । त्यस टिममा जापान गएर फर्केका एक खेलाडीको भनाइसमेत राखेर बनाइएकाले समाचार विश्वसनीय देखिन पुगेको छ ।
गायकको सम्मान 
‘वारि जमुना पारि जमुना’ भन्ने कालजयी लोक गीत गाउने गायक खेमराज गुरुङको मृत्युको समाचार धेरै पत्रिकाले प्रथम पृष्ठमा दिएनन् । समीक्षित पत्रिकामध्ये हिमालय टाइम्सले मात्र गायक गुरुङको सो समाचारलाई प्रथम पृष्ठको एन्करमा स्थान दिएको छ । कान्तिपुर र नयाँ पत्रिकाले सो समाचारलाई स्काई प्यानेल (मास्टहेड मुनि) हाइलाइट गरेरभित्र लगेका छन् । 
दैनिक एक निर्देशन
आजको राजधानी दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालले दिनको सरदर एक निर्देशन दिएका छन् भनेर एन्कर समाचार प्रकाशित गरेको छ । साउन २० गते प्रधानमन्त्री पदको शपथ खाएको र त्यसको दुई दिन बधाई तथा भेटघाट कार्यक्रममा बिताएका प्रधानमन्त्रीले त्यसपछिका दिनमा दिनहुँजस्तो विभिन्न निकायमा केही निर्देशन दिने गरेका रहेछन् । राजधानीमा टेनिस रोकाले लेखेको समाचारअनुसार साउन २३ गते उनले सरकारका सचिवहरूलाई तीन दिनभित्र परिणाममुखी योजना पेस गर्न निर्देशन दिए । रोका लेख्छन्, सरकार प्रमुखका हैसियतले निर्देशन दिनु त ठीकै हो तर कतिपय ठाउँमा एउटा कार्यालय प्रमुखले दिनेजस्तो निर्देशनसमेत प्रधानमन्त्रीले दिएका छन् । टेलिकमको रिचार्जमा देखिएको समस्या समाधान गर्न निर्देशन, साझा बस थप्न निर्देशन, नक्कली डाक्टरलाई काममा नलगाउन निर्देशन, एक दलितको हत्यामा छानविन समिति बनाउने, कालाबजारी अन्त्य गर्नेजस्ता उदाहरण राजधानीले दिएको छ । तर करिब २३ दिनमा उल्लेख्य २३ वा २० निर्देशन भनेर गन्ती नै गरेर देखाइएको भने छैन । 
सम्पादकीय
आजको कान्तिपुरले नेपालका नेता तथा उच्च पदस्थ व्यक्ति उपचारका नाममा विदेश जाने प्रवृत्तिको विरोधमा सशक्त सम्पादकीय लेखेको छ । पूर्वराष्ट्रपति रामवरण यादवले आफ्नो उपचार अमेरिकामा गराउन भनेर सरकारसँग करिब एक करोड रुपियाँभन्दा बढी माग गरेको सन्दर्भबाट सम्पादकीयको उठान गरिएको छ । तर, यादवमात्र होइन उपचारार्थ एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड गएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जान लागेको प्रसंगसमेत कान्तिपुरले जोडेको छ । साथै यादव राष्ट्रपति हुँदा वीर अस्पतालमा नै गएर लिएको उपचारको सर्वत्र कति प्रशंसा भएको थियो भनेर सम्पादकले सम्झाएका पनि छन् । उपचारका नाममा विदेश जाने र त्यस्तो उपचारको खर्च राज्यकोषबाट व्यहोर्ने कार्यलाई निरुत्साहित गर्न पनि कान्तिपुरले आह्वान गरेको छ ।
आजका हिमालय टाइम्स र अन्नपूर्ण पोस्टले प्रधानमन्त्री दाहालका विशेष दूत र तिनले दिएको सन्देशले उठेको विवादका सन्दर्भमा सम्पादकीय लेखेका छन् । राजधानीले आगलागीको अवस्थामा दमकलको समस्याका विषयमा सम्पादकीय लेखेको छ । गोरखापत्रले सरकारको एक हजार विद्यालयलाई नमुना विद्यालय बनाउने निर्णयमा सम्पादकीय लेख्दै त्यसले आशाको किरण जगाएको भनेर लेखेको छ ।
नागरिकले दाहाल सरकारलाई आकार लिन सकस भएकोमा सम्पादकीय लेखेको छ, जुन विषय आजको मन्त्रिपरिषद विस्तारपश्चात समाप्त हुनेछ । नयाँ पत्रिकाले अरब देशमा नेपालीका लागि रोजगारीका अवसर कम हुँदैगएको अवस्थामा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग गर्दै सम्पादकीय लेखेको छ । 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७३  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC