site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हिमालयन शेर्पा चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हिमालय शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका गरेको छ । शुक्रबार भएको क्वाटरफाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–० ले पराजित गर्दै शेपाले सेमिफाइनलमा स्थान बनाएको हो ।
 
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा भएको खेलमा शेर्पालाई जित दिलाउन हेमन गुरुङले दुई गोल गरे । यस्तै पियुस हेनरीले थप एक गोल गरे । अब शेर्पाले फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । यस्तै पहिलो सेमिफाइनलमा फ्रेण्डस् क्लब र सिएमजी क्लब संकटाबीच हुने छ ।
 
एपिएफविरुद शेर्पाले खेलको १४ औं मिनेटमा नै अग्रता बनाएको थियो । डि–बक्स बाहिरबाट गरेको सशक्त प्रहार एपिएफका गोलरक्षक अमृत चौधरीले रोक्ने कुनै मौका नै पाएन । पहिलो हाफ सम्म १–० ले अघि रहेको शेर्पाले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।  ७४ औं मिनेटमा हेमन शेर्पाको अग्रता दोब्बर बनायो । मान बहादुर तामाङले सदएको पासलाई हेमनले एपिएफका तीन रक्षकलाई बिट गर्दै गोलरक्षक अघि बढेको अवस्थामा सहज गोल गरेको थियो । ८७ औं मिनेटमा एपिएफका गोलरक्षक र डिफेन्सको तालमेल नमिलेको फाइदा उठाउदै विदेशी खेलाडी पियुुस हेनरीले गोल गर्दै शेर्पाको जित पक्का गरे ।
 
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ तथा हरेक खेलको ‘म्यान अफ दि म्याच’ ले ३ हजार रुपैयाँ पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !