site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्धशतक बनाएर आउट भए आसिफ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वेस्ट इन्डिज ‘ए’सँगको पाँचौँ खेलमा नेपालका आसिफ शेख अर्धशतक बनाएर आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट आसिफले ३२ बलमा अर्धशतक बनाएका थिए ।

अर्धशतक बनाउने क्रममा उनले दुई चौका र पाँच छक्का प्रहार गरे । त्यसपछि भने तीन बल खेल्दा उनले एक रन मात्र थप्न सके ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको १४ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ११२ रन बनाएको छ ।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो ।

Global Ime bank

शृंखलाका यसअघि चारमध्ये तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज प्रतियोगिताको च्याम्पियन बनिसकेको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । त्यसपछि वेस्ट इन्डिजले १०, ७६ र २८ रनको जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय