site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भक्तपुर (रासस) । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनदेखि आत्तिएकाले एमाले, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हत्याको षडयन्त्र गर्न थालेको बताएका छन् ।

बुधबार मध्यपुरथिमिको लोकन्थलीमा एमालेले आयोजना गरेको एमालेसँग नयाँ शक्ति पार्टी एकीकरण कार्यक्रममा उनले यस्तो बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वाम गठबन्धनको उम्मेदवारमाथि मात्रै हत्या गर्ने योजनासहित आक्रमण हुनुमा सरकारको समेत संलग्नताको आशंका उनले व्यक्त गरे ।

सरकारले कार्यकर्तालगायत विभिन्न व्यक्तिलाई रु २३ करोड बाँड्नु र बम पड्कनुको सम्बन्ध त छैन भन्दै ओलीले भने, “सरकारी ढुकुटी दोहन गरेर सरकारले रु २३ करोड कार्यकर्ता र विभिन्न व्यक्तिलाई बाँडेको छ, त्यसपछि गोली र बम पड्किन थालेको छ, गठबन्धनका उम्मेदवारमाथि छानीछानी आक्रमण हुन थालेको छ, यसको तालमेल कहाँ छ सरकार ?”

Global Ime bank

सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेर सरुवा, बढुवा गरेको, राज्य कोषको दुरुपयोग गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले लोकतन्त्रमा मनपरी गर्ने छुट सरकारलाई पनि नभएको जिकिर गरे ।

उनले निर्वाचन अगाडि एमाले माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्न नभ्याएकाले निर्वाचनपछि दुई पार्टी एक हुने दाबी गरे । कार्यक्रममा माओवादी कम्युनिष्ट केन्द्र नेपालको केन्द्रीय संयोजक केशव दाहालको नेतृत्वमा केन्द्रका सिंगो केन्द्रीय समिति पदाधिकारी सहित एमालेमा समाहित भएको छ ।

त्यस्तै नयाँ शक्ति पार्टी, नेकपा(माले), राप्रपा र काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेका एक हजार ८७९ जनालाई ओलीले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement