site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुआब्जा नतोकिए निर्वाचन बहिष्कार गर्ने बूढीगण्डकी प्रभावितको चेतावनी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना प्रभावितले आगामी मंसिर २१ गते अघिसम्म गोरखा आरुघाट र धादिङ खहरेको मुआब्जा नतोकिए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

गोरखाको आरुघाट र धादिङको खहरे बजार क्षेत्र बन्दै गर्दै उनीहरुले मंसिर २१ गतेसम्ममा मुआब्जा नतोकिए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका हुन् । उनीहरुले सोमबार पनि दुवै क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आफूहरुले विगतमा पटक-पटक सरकारलाई मुआब्जा वितरणको लागि दबाब दिएपनि सुनाई नभएको भन्दै निर्वाचन अगाडि मुआब्जा नतोकिए निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बूढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष दिनेश कुमार ढकालले जानकारी दिए । 

ढकालले भने,  ''हामीले आरुघाट र खहरे बजार क्षेत्र दिँदैनौं भनेका हौं तर दुई जिल्लाका नेताहरुले र बूढीगण्डकीका पदाधिकारीहरुले राष्ट्रिय गौरवको आयोजना बन्न लागेको छ दिनपर्छ भनेर हामीले दियौं ।  आरुघाट र खहरे बजारबाहेक २७ गाविसमा मुआब्जा वितरण गर्ने थालिएको छ । हाम्रो जग्गा रोक्का गरिएको पनि २ वर्ष भयो । यता आयोजना बनाउन भनेर सरकारले चिनियाँ कम्पनीको स्वामित्वमा रहेको गेजुवा कम्पनीलाई दिइसक्यो । हाम्रो मुआब्जा पनि निर्धारण भएको छैन ।''

Global Ime bank

आफूहरुको माग कुनै पनि सरकारले पूरा नगरेको भन्दै आफूहरुले केही दिनमा धादिङ र गोरखा ठप्प पार्ने निर्णय गरेको उनले बताए । 

उनले सरकारले मुआब्जा तोक्न नसकिए बूढीगण्डकी प्रभावितको जग्गा फुकुवा हुनुपर्ने आयोजना प्रभावितको माग रहेको बताए । उनले अगाडि थपे,  ''सरकारले आरुघाट र खहरे बजारको मुआब्जा तोक्न सक्दैन भने हाम्रो जग्गा फुकुवा गरियोस् । न हामीलाई सरकारले उचित किसिमको ठाउँमा सार्ने निर्णय गरेको छ, न त हामीले भूकम्पले भत्काएको घर बनाउन पाएका छौं । चिनियाँ कम्पनीलाई आयोजना दिइसकेपछि त हामी आयोजना बन्ने कि नबन्ने भन्ने दोधारमा पनि छौं ।''

गोरखा र धादिङका आयोजना प्रभावितले दुवै बजार क्षेत्रको मुआब्जा ३० लाख प्रतिरोपनि माग राखेको पनि ढकालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय