काठमाडौं । जगदम्बा सिमेन्ट कम्पनीले प्रतिदिन १ लाख बोराभन्दा बढी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीले विरगञ्जमा गरेको डिलर तथा ‘च्यानेल पार्टनर’ पुरस्कार वितरण कार्यक्रममा कम्पनीको प्रबन्ध निर्देशक विष्णु प्रसाद न्यौपानेले कम्पनीले प्रतिदिन १ लाख १२ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको बताए ।
“आगामि दिनमा जगदम्बा सिमेन्टले आफ्नो उत्पादन क्षमतालाई दोब्बर बनाउने छौं,” उनले भने “हाल कम्पनीले २४ हजार बोरा प्रतिदिन सिमेन्ट उत्पादन गर्दै आएको छ ।”
उनका अनुसार आउने दिनमा उत्पादन बढाएर ५२ हजार बोरा पु¥याइनेछ ।
त्यस्तै उनले चाँडै तेस्रो उद्योग रुपन्देहीमा स्थापना गरी ६० हजार बोरा प्रतिदिन उत्पादन थप्ने कार्य अघि बढिसकेको जानकारी दिए ।
कम्पनीले सिमेन्ट उद्योगमा जगदम्बा विश्वको उच्चस्तरीय प्रविधि भित्र्याउने दोस्रो कम्पनीका रुपमा रहेको जनाएको छ । विरगञ्ज उद्योगबाट उत्पादन हुने ओपीसी तथा पीएससी सिमेन्ट आगामि दिनमा अझ बढी गुणस्तर तथा उपभोक्तामैत्री बनाउदै लैजाने कम्पनीको दावी छ ।
कार्यक्रममा करीव २ सयभन्दा बढी च्यानेल पार्टनरहरुको उपस्थितिमा उक्त सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको बताइएको छ । उक्त कार्यक्रममा कम्पनीको चेयर पर्शन शंकरलाल अग्रवाल, कार्यकारी निर्देशक राजेश अग्रवाल लगायतले पार्टनरहरुलाई विभिन्न पुरस्कारद्धारा सम्मान वितरण गरेका थिए ।