देश

हाँडीगाँउबाट ठूलो परिमाणमा पटका बरामद 

काठमाडौं । प्रहरीले काठमाडौंको हाँडीगाउँबाट ठूलो परिमाणमा बिस्फोेटक पदार्थ बरामद गरेको छ । 

महानगरीय प्रहरी वृत कमलपोखरीले तिहारलाई लक्षित गरि ल्याइएका पटका बिहीबार राति हाडीगाँउको एक घरबाट बरामद गरेको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख डीएसपी कुलदिप चन्दले बताए । 

प्रहरीकाअनुसार करिव २० लाख रूपैयाँ बराबरका विभिन्न प्रकारका पटकका बारमद भएका छन् । 

एक जना भारतीय नागरिकले घरमा घोदाम गरिराखेको अवस्थामा पक्राउ उक्त पटका बरामद गरिएको प्रहरीले जनाएको छ । पटका भित्र्याउने भारतीय नागरिक रामकिशोर प्रसाद यादव भने फरार भएका छन् । 

फरार फरार यादवको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

तपाईंको मत