एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत समूह डी को आफ्नो दोस्रो खेलमा जित हात पारेको छ । पोर्चुगाली क्लब स्पोर्टिङका कोएटेसले आत्मघाति गोल गरेपछि बार्सिलोना १–० गोलअन्तरले जित हात पारेको हो ।
च्याम्पियन्स लिगअन्तर्गत समूह डी मा रहेको बार्सिलोनाले उपाहार स्वरुप गोल पाएपछि त्यो नै निर्णयक बन्यो । स्पोर्टिङ क्लबले बालियो प्रतिद्धन्दी बार्सिलोना विरुद्ध राम्रो प्रदर्शन गरेपनि आत्मघाति गोल खादै पाहुना टोलीलाई महत्वपूर्ण ३ अंक सुम्पेको हो ।
पहिलो हाफसम्म दुुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । अघिकांश समय बार्सिलोनाले बल नियन्त्रणमा राखेपनि गोल गर्न भने सकेन । पहिलो हाफमा विश्व चर्चित खेलाडी लियोनल मेस्सी र लुइस स्वारेज एकपछि अर्को गोल गर्नबाट चुकेका थिए । खेलको ४९ औं मिनेटमा कोएटसले आत्मघाति गोल गर्न पुगे । उनले बचाउने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।
त्यस्तै, समूह डी अन्तर्गत नै बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टसले ग्रिकको ओलम्पियाकोसलाई २–० गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा दुबै टोलीले गोल रहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने युभेन्टसले उत्कृष्ट प्रदर्शन गर्दै ओलम्पियाकोसबाट अंक खोस्न सफल भयो । खेलको ६९ औं र ८० औं मिनेटमा युभेन्टसले गोल गर्दै जित हात पारेको हो ।
जितसँगै बार्सिलोनाको २ खेलबाट शतप्रतिशत जित हात पार्दै ६ अंकको साथमा समूह डी को शीर्ष स्थानमा छ । पराजित स्पोर्टिङ क्लब भने एक खेलमा जित र एक खेलमा पराजित हुदै दोस्रो र युभेन्टस जितसहित तेस्रो स्थानमा उक्लिएका छन् ।