देश
सुरुङ्गा (झापा) (रासस) । माछा मार्न गएका एक युवकको आज डुबेर मृत्यु भएको छ ।
गौरादह नगरपालिका– ९ खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहानै माछा मार्न खोला गएका उनलाई स्थानीयले खोलामा डुवेको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४ २०:१८
प्रतिक्रिया दिनुहोस्