site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

लमजुङ । पहिरोको जोखिममा रहेका लमजुङका पाँच बस्तीलाई स्थानान्तरण गर्न विज्ञहरुले सुझाव दिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका विज्ञसहितको टोलीले अध्ययनपछि जोखिमयुक्त पाँच गाउँलाई स्थानान्तरण गर्ने सुझाव प्राप्त भएको हो । 

विज्ञ टोलीको प्रतिवेदनपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्लाका चार गाउँपालिकाका पाँच बस्ती स्थानान्तरण गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

टोलीले गत माघ अन्तिम र फागुन पहिलो साता जिल्लाको साविक १३ गाविसका जोखिम बस्तीको विस्तृत अध्ययन गरेको थियो । टोलीमा भू–संरक्षण तथा जलाधार व्यवस्थापन विज्ञ, भूगर्भविद्, जलउत्पन्न प्रकोप व्यवस्थापन विज्ञको सहभागिता रहेको थियो । 

स्थलगत अध्ययनपछि बुझाइएको प्रतिवेदनमा ७० घर, तीन सामुदायिक भवन, एउटा साविकको गाविस भवन र एउटा स्कुल तत्काल स्थानान्तरण गर्नुपर्नेसहितको सुझाव छ । 

Global Ime bank

प्रतिवेदनमा दूधपोखरी गाउँपालिकाको साविक दूधपोखरी–९, पिप्रुका सातवटा घर र एउटा सामुदायिक घर, दोर्दी गाउँपालिकाको साविक फलेनी–४ को तल्लो माझखर्कका चार घर स्थानान्तरण गर्नुपर्ने उल्लेख छ । 

यस्तै मस्र्याङ्दी गाउँपालिकाको साविकको घेर्मु–१ र २ उपल्लो चिप्लाका २१ घर, एउटा स्कुल, एउटा सामुदायिक भवन, क्व्होलासोंथर गाउँपालिकाको साविक भोंजे गाविस–६ मपिङका आठ घर र एउटा स्कुल साथै क्व्होलासोंथर गाउँपालिकाको साविक भोंजे ४ र ५ भोंजेको ३० घर, एउटा सामुदायिक भवन र गाविस भवन जोखिमयुक्त भएको भन्दै स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

भूकम्प र पहिरोले जोखिममा परेका ती घरलाई प्रतिघरलाई तीन लाख घर निर्माण र जग्गा खरिदका लागि दुई लाख सरकारले सहयोग गर्ने जनाइएको छ । पहिचान भएका जोखिमयुक्त बस्तीबारे एकाइले दोर्दी, मस्र्याङ्दी, क्व्होलासोंथर र दूधपोखरी गाउँपालिकालाई पत्र लेखेर जानकारी गराएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement