site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७३’ नेपाली टाइम्स साप्ताहिकमा प्रकाशित ‘हर सकेण्ड मनसुन’ फिचरका लागि पत्रकार सृर्जना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । 

पुरस्कारका लागि समूहले गत विसं. २०७३ वैशाख १ गतेदेखि २०७३ चैत ३० गतेसम्म छापिएका लैङ्गिक समानतामा आधारित समाचार÷लेख÷फिचरबाट छनौट गरेको थियो । छनौट गरिएका फिचर तीन सदस्यीय निर्णायक मण्डललाई उपलब्ध गराइएको थियो । पुरस्कार छनौट समितिमा नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष डा.महेन्द्र विष्ट, वरिष्ठ पत्रकार कश्मस विश्वकर्मा, र सञ्चारिका समूहकी महासचिव कमला पन्थी रहेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

छनौट समितिले समाचार/लेख/फिचरको शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको हो । पुरस्कारका लागि छनौट भएका समाचार/लेख/फिचरमा सञ्चारिका समूहको मासिक प्रकाशन ‘सञ्चारिका फिचर सेवा’ मा प्रकाशित लेख र समूहका कार्यसमितिमा रहेका पदाधिकारीहरूको समाचार/लेख/फिचर समावेश गराइएको थिएन । साथै छनोट तथा मूल्याङ्कन प्रक्रियालाई निष्पक्ष बनाउनका लागि छनोट समितिलाई समाचार उपलब्ध गराउँदा पत्रकार र पत्रिकाको नाम समेत खुलाइएको थिएन । ‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष सञ्चारिका समानता पुरस्कार प्रदान गर्दै आएको छ ।  

यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३’ बारा जिल्लामा बसेर पत्रकारिता गर्दै आएकी पत्रकार रेणु चौधरीलाई दिने निर्णय गरिएको छ । पत्रकार चौधरी रेडियो संस्कारमा कार्यरत छिन् । यो पुरस्कार स्व. उमा सिंहको नाममा स्थापना गरिएको हो । उक्त पुरस्कार महिला पत्रकारलाई पेसामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना भएको हो । उक्त पुरस्कारको राशि रू. ७ हजार १ सय ११ रहेको छ ।
  
यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७३’ बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार निराशी थामी र बाह्रखरी अनलाइनमा कार्यरत पत्रकार रुमु न्यौपानेलाई दिने निर्णय गरिएको छ । पत्रकार थामी दोलखा जिल्ला र न्यौपाने काठमाडौँबाट पत्रकारिता गरिरहेकी छन्  । छोटो अवधिमा सक्रिय भई पत्रकातिा गर्ने  महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउन सहयोग पु¥याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको हो ।  पुरस्कार यही भदौ १२ गते समूहको ललितपुरमा हुने २१ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहका अवसरमा प्रदान गरिनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १०, २०७४  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement