विराटनगर । गत हप्ता तराईमा आएको बाढी प्रभावित मोरङ र सुनसरी जिल्लाका ३२० घरधुरिलाई राहत वितरण गरिएको छ । स्याकर ट्रेडिङ कम्पनीका पूर्वाञ्चल प्रमुख सन्तोषकुमार थापाको समजकत्वको टोलीले पीडितलाई राहत वितरण गरेको हो ।
मोरङको सुन्दरहरैंचा नगरपालिका वडानम्वर २ मा अवस्थित श्री खण्ड मावि विद्यालयमा आश्रय लिइरहेका पीडित ८५ घरलाई आवश्यक लत्ता कपडा र झुल वितरण गरिएको थापाले बताए । सोही नगरपालिकाका वडा नम्बर ४ का ७५ घरधुरिलाई पनि राहत उनले जानकारी दिए ।
सुनसरीको इटहरी उपनगरपालिका ४ का श्री प्रणामी मन्दीर मुक्ति धाममा आश्रय लिई रहेका ११५ घर धुरी र वडा नम्बर ३ का ६५ घरधुरीलाई पनि राहत वितरण गएको छ ।
थापाले पीडितहरुलाई थोरै भए पनि जीवनयापन गर्न सहज होस भनेर राहत वितरण गरेको बताए । प्रमुख अतिथि सुन्दर हरैंचा नगरपालिका वडा नम्बर ३का वडाध्यक्ष जीवन ढुङगानाले एक नेपाली लाई समस्या पर्दा अर्को नेपालीले सहयोग गर्नु पर्न बताउँदै राहत वितरण टोलीलाई धन्यवात दिएबका थिए ।
समाजसेवी रामबहादुर थापाले विपतको समयमा व्यतिmगत सहयोगले पनि पीडितलाई सहयोग पुग्ने भन्दै असहज परिस्थितिमा सकेको सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा नवदुर्गा मोर्टस होन्डाका प्रोप्राइटर सुवास आचार्य र हेलन इन्टरनेशनलका रमेश खड्काको समेत उपस्थिति थियो ।