site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यस्ता छन् भारतीय सिनेमामा स्वतन्त्रताको संघर्ष देखाउने सात चलचित्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय सिनेमाले अहिलेसम्म भारतका झण्डै सबै विषयमा चलचित्र निर्माण गरिसकेको छ । तर यसमध्ये दुई विषय ‘स्वतन्त्रता’ र ‘देशभक्ति’ को विषयमा बलिउडको विशेष लगाव छ । 
बलिउडका कयौँ स्टारले भारतमा स्वतन्त्रताका लागि संघर्ष, भारतका वीरको भूमिका उत्कृष्ट ढंगले निर्वाह गरेका छन् । बलिउडकै कारण भारतका प्रायः सबै जनसंख्या भारतीय वीरका बारेमा जान्दछन् । चलचित्रहरूले त्यस बेलाका समयको अवस्था अत्यन्तै सटिक र प्रभावकारी ढंगले चित्रण गरेका छन् । यी चलचित्रले कस्तो संघर्षपछि भारतले स्वतन्त्रता प्राप्त गरेको थियो भन्ने कथा भन्छ । 
यी चलचित्रले आफ्नो समयको कथा बयान गर्छन् । यी चलचित्रलाई राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा गरिएको छ । यहाँ हेरौँ जीन्युजको रिपोर्टमा आधारित यो सामग्री । भारतीय स्वतन्त्रताको ७० वर्ष पूरा भएको अवसरमा ती संघर्षलाई प्रभावकारी रूपले उतारिएका बलिउड चलचित्रको फेहरिस्तः

हकीकत
 

सन् १९६४ मा आएको चलचित्र ‘हकीकत’ १९६२ मा भारत र चीनबीच भएको युद्धमा आधारित छ ।  यो चलचित्र चेतन आनन्दले बनाएका थिए । यो चलचित्र हेर्दा तत्कालीन समयको स्पष्ट झल्को देख्न सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शहीद
 

चलचित्र ‘शहीद’ सन् १९६५ मा रिलिज भएको थियो । यो चलचित्र शहीद भगत सिंहको जीवनीमा आधारित थियो । चलचित्रले भारतीय स्वतन्त्रताको संघर्षलाई प्रभावकारी ढंगले चित्रण गरेको छ । चलचित्रको निर्माण केवल कश्यपले गरेका थिए । निर्देशन एस. राम शर्माले गरेका थिए । चलचित्रमा मनोज कुमारले शहीद भगत सिंहको भूमिका निर्वाह गरेका थिए । प्रेम चोपडाले शहीद सुखदेवको भूमिका निर्वाह गरेका थिए । यो चलचित्रले हिन्दीको सर्वश्रेष्ठ चलचित्रको पुरस्कार पाएको थियो ।

Global Ime bank

गान्धी
 

चलचित्र ‘गान्धी’ सन् १९८२ मा रिलिज भएको थियो । चलचित्रको कथा महात्मा गान्धीसँग सम्बन्धित थियो । यो चलचित्रमा गान्धीको भूमिका कुनै पनि भारतीय कलाकालर निर्वाह गरेका थिएनन् । चलचित्रमा ब्रिटिस अभिनेता सर बेन किंङ्सले यो भूमिका गरेका थिए । यो चलचित्रले पनि सर्वश्रेष्ठ चलचित्रको पुरस्कार पाएको थियो । 

उपकार
 

सन् १९६७ मा रिलिज भएको चलचित्र ‘उपकार’ लाई चर्चित अभिनेता मनोज कुमारले निर्देशन गरेका थिए । चलचित्रलाई दर्शकले अत्यधिक मन पराएका थिए । चलचित्रले ३ वटा राष्ट्रिय पुरस्कार र ६ वटा फिल्मफेयर पुरस्कार आफ्नो नाम गरेको थियो । यो चलचित्र ‘जय जवान, जय किसान’ को नाराबाट प्रेरित थियो । 

बोर्डर 
चलचित्र ‘बोर्डर’ सन् १९९७ मा रिलिज भएको थियो । यसको कथा सन् १९७१ मा भारत–पाकिस्तानका बीच भएको युद्धका क्रममा राजस्थानमा लडिएको लडाइँमा आधारित थियो । यो चलचित्र वास्तविक घटनाबाट प्रेरित थियो । चलचित्रमा पंजाब रेजिमेन्टले मेजर कुवदीप सिंह चांदपुरीको नेतृत्वमा पाकिस्तानी सेनाको ट्यांक रेजिमेन्टका विरुद्ध आफ्नो पोस्ट बचाएको देखाइएको छ । 

द लेजेन्ड अफ भगत सिंह
 

शहीद भगत सिंह भारतीय सिनेमा जगतका मनपराइएका स्वतन्त्रता सेनानी हुन् । उनको जीवनीमा धेरैजसो चलचित्र निर्माताले चलचित्र बनाउने सपना देखे । सन् २००२ मा आएको चलचित्रलाई राजकुमार संतोषीले निर्देशन गरेका थिए । यो चलचित्रले एकपटक पुनः भारतीय जनताको मुखमा शहीद भगत सिंहको नाम उच्चारण गराएको थियो । चलचित्रमा अजय देवगनले भगत सिंहको भूमिका निर्वाह गरेका थिए । उनको कामलाई दर्शकले प्रशंसा पनि गरे । 
 

लगान
यो चलचित्र क्रिकेट र देशभक्तिमा आधारित थियो । चलचित्रको निर्देशन आशुतोष गोवारिकरले गरेका थिए । चलचित्रमा आमिर खानको कामको प्रशंसा गरिएको थियो । यो चलचित्रलाई ओस्कार अवार्डका लागि छनोट गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  ०२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC