site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महिला र पुरुष बराबरी भन्ने नारा हामीले धेरै अगाडिदेखि नै सुन्दै आइरहेका छौं । महिला र पुरुषलाई एकै रथका दुई पांग्रा समेत भनिने गरिन्छ । तर जति नै अधिकारको नाराबाजी लगाए पनि महिलामाथि हिंसा भने भई नै रहेको छ । 
महिला हिंसा धेरै प्रकारका हुन्छन् । महिला हिंसालाई नै दुई वर्गमा विभाजन गरिएको छ । जसमा घरेलु हिंसा र महिला हिंसा पर्ने गरेको छ । महिला हिंसा भन्नाले विशेषगरी महिलामाथि हुने कुनैपनि किसिमका यातनालाई बुझिन्छ ।
महिला हिंसामा जबरजस्ती करणी, शारीरिक तथा मानसिक यातना, बोक्सी आरोप यौन दुव्र्यवहार, दाइजो लगायतका महिलासँग सम्बन्धित घटनाहरु पर्ने गर्दछन् । राष्ट्रिय महिला आयोगमा आएका उजुरी दर्ता आधार हेर्दा विशेषगरी २० वर्षदेखि ३० वर्षसम्मका महिलाहरु हिंसामा पर्ने गरेको पाइन्छ ।
काठमाडांै उपत्यकामा मात्रै करिब एक महनिामा २८३ वटा घरेलु हिंसाका उजुरी परेका छन् । त्यसमध्ये  ७० वटा महिला हिंसाको उजेरी दर्ता भएको आयोगका शाखा अधिकृत ध्रुव राज क्षेत्रीले जानकारी दिए । क्षेत्री भन्छन्, “उजुरी आएको घटनाहरु सबै रेकर्ड हुने गरेको भएपनि घटनाहरु यथार्थ हुन् वा बनावटी हुन् भन्नेबारे हामीले पीडितसँग परामर्श गरेरमात्र प्रक्रिया अगाडि बढाईन्छ ।” 
असमझदारीमा हुने गरेको सानोतिनो हिंसाका घटनामा पीडित र पिडक दुबैलाई सम्झाई–बुझाई कागज गराएर मिलाउने गरिन्छ भने सम्झाई बुझाई गर्दा पनि बारम्बार हिंसा दोहोरिने सम्भावना छ भने दुबै पक्षलाई अदालतमार्फत् छोडपत्र गराईन्छ । महिलालाई बारम्बार पीडा, यातना वा हिंसा दिने जोकोहीलाई पनि महिला आयोगको नियम र परामर्श अनुसार क्षतिपूर्ति भराउने व्यवस्था छ भने जबरजस्ती करणी वा अरु कुनै ठूलै हिंसा गरेको पाइएमा अदालतमै मुद्दा लडेर सजाय भोग्नैपर्ने हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  ०५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय