site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२१ औं अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी राजधानीमा सुरु, नेपाली आख्यान खोज्ने बढी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपमा २१ औं अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु भएको छ । 

नेपाल पुस्तक तथा स्टेशनरी महासंघको सहकार्यमा ग्लोबल एक्शपोजिसनले आयोजना गरेको उक्त प्रर्दशनी बुधबारबाट सुरु भएको हो । 
यस अन्तराष्ट्रिय प्रदर्शनीले प्रत्येक पुस्तकप्रेमीको चाहनालाई समेट्दै पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि पुस्तक प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रकाशन संस्थाहरुले ८० वटा स्टलमार्फत सहभागीता जनाएको यस प्रदर्शनीमा ५० हजार अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास रहेको छ । 

बुधबारबाट सञ्चालित यो प्रदर्शनी एक सातासम्म जारी रहने आयोजकले बताएको छ । 

Royal Enfield Island Ad

प्रदर्शनीमा नेपाली आख्यानको खोजी
यस प्रदर्शनीमा अंग्रेजीका नेपाली आख्यानको बढी खोजि गरिएको पुस्तक प्रकाशन संस्थाका प्रतिनिधिहरुले बताएका छन् । 
“नेपाली आख्यानको माग बढी रहेको छ,” प्रदर्शनीमा आएका पाठकको रुचिबारे शिखा बुक्स बागबजारका प्रोपाइटर पुष्पराज पौडेलले बाह्रखरीसँग भने, “पछिल्लो पुस्तामा पनि पुस्तक पढ्ने संस्कार हुर्कंदो छ, नेपाली आख्यानको माग बढी छ ।”
सुस्त शाझा
सरकारी निकायअन्तर्गत सञ्चालित साझा प्रकाशनसमेतको स्टल रहेको उक्त प्रदर्शनीमा साझा प्रकाशनको तयारी सुस्त देखिएको छ । नेपाली साहित्यका दर्जन बढी विधाका पुस्तक प्रकाशित गरिसकेको साझाले आफ्ना सम्पूर्ण पुस्तकहरु स्टलमा राख्न सकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro