site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राजविराज । सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी जताततै बढ्न थालेपछि जिल्लावासीमा डर, त्राससमेत बढेको छ । 

पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा गएराति विषालु सर्पको टोकाइबाट स्थानीय ७८ वर्षीय दुखाइ साहको मृत्यु भएको छ । सर्पले टोकेपछि उनलाई समयमै अस्पताल पु¥याउनुको साटो धामीझाँक्रीको भर पर्दा मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । घरमा सुतिरहेका साहलाई विषालु सर्पले टोकेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

गाउँलेको दबाबमा उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरेपनि अस्पताल ल्याउन ढिलाइ गरेको र अन्धविश्वासमा परेर गाउँमै धामीझाँक्रीको भर पर्नाले साहको ज्यान गएको चिकित्सकको भनाइ छ । 

यस्तै, गर्मी र वर्षासँगै जिल्लामा सर्पदंशका घटना ह्वात्तै बढ्दा जिल्लाको एक मात्र सरकारी स्थानीय सगरमाथा अञ्चल अस्पतालमा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । 
यता अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेपछि एन्टीस्नेक भेनम औषधि पर्याप्त मात्रामा स्टक गरिएको अस्पताल प्रशासनले जनाएको छ । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !