site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सुमन र निरकलालाई पाँचपोखरी ट्रेल रेसको उपाधि 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सोलुखुम्बुका सुमन कुलुङ र निरकला कुलुङले पाँचपोखरी ट्रेल रेसको उपाधि जितेका छन् । सिन्धपाल्चोकको पर्यटकीय स्थल पाँचपोखरीमा सोमबार सम्पन्न रेसमा पुरुषतर्फ सुमन र महिलातर्फ निरकलाले उपाधि जितेकी हुन् ।

पाँचपोखरीबाट सुरु भएको २४ किलोमिटरको दुरी सुमनले २ घण्टा १७ मिनेटमा पुरा गर्दै उपाधि चुमे   । यसै बर्ष विश्वको सबैभन्दा अग्लो स्थानमा हुने एभरेस्ट म्याराथनको उपाधि जितेका सुमनले दामोदर बुढामगरलाई ९ मिनेटले पछि पारे । दामोदरले २ घण्टा २६ मिनेटमा दौड पुरा गरे । तेस्रो भएका रुपलाल बुढामगरले २ घण्टा २९ मिनेटमा दौड पुरा गरे । नवराज थापा चौथो र जय राम थापा पाँचौ भए ।

Prabhu Bank
Agni Group
NIC Asia

महिलातर्फको उपाधि जित्ने क्रममा निरकलाले निर्धारित दुरी ३ घण्टा ३ मिनेटमा पुरा गरे । निरकलाले सोलुखुम्बुकै पुर्णिमा राईलाई पछि परिन । दोस्रो भएकी पुर्णिमाले ३ घण्टा ९ मिनेटमा दौड पुरा गरिन् । तेस्रो भएकी रशिला तामाङले ३ घण्टा १६ मिनेटमा दौड पुरा गरिन् । 

पुरुष र महिला दुबैतर्फको विजेताले २५ हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गरे  । त्यस्तै, चौथो र पाँचौ हुनले क्रमशः १० हजार र ५ हजार नगद प्राप्त गरेका छन्  । विजेताहरुलाई पर्वतारोही तथा पहिलो तामाङ महिला आरोही कान्छीमाया तामाङ लगायतले पुरस्कृत गरेका थिए ।

Global Ime bank

विश्व समावेशी  साहशी संस्था र डुखाङ पाँचपोखरी मानम् युवा क्लबको संयुक्त आयोजनामा भएको ट्रेल रेस पाँचपोखरी देखि सुरु भई नोस्यामपाटी, टाँकुखर्क, भोताङ हुदै थाङपाल रैथाने आएर सकिएको थियो  । ट्रेल रेसमा १४ महिलासहित ८५ जना खेलाडीले सहभागिता जनाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय