site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

नयाँ दिल्ली । भारतमा उपराष्ट्रपतिको निर्वाचन शनिबार हुने भएको बताइएको छ । भारतीय सत्तारुढ दलहरुको संयुक्त गठबन्धन, नेशनल डेमोक्र्याटिक आवद्ध उम्मेदवार वेन्काइया नाइडु यस मतदानमा विजयी हुने निश्चितजस्तै देखिएको बताइन्छ । 

यस मतदानको परिणाम पनि शनिबार नै सार्वजनिक गरिने बताइएको छ । देशको प्रमुख विपक्षी काँग्रेस पार्टीले भारतीय पश्चिमी राज्य वेस्ट बङ्गालका कृष्ण गान्धीलाई नाइडुको प्रतिद्वन्दीका रुपमा यस निर्वाचनमा उमेदवार बनाएको छ । 

Agni Group
NIC Asia

उप राष्ट्रपतिको शपथ १० अगस्तमा हुनेगरी कार्यक्रम सार्वजनिक पनि गरिएको छ । निर्वाचित हुने उपराष्ट्रपतिले हालका उपराष्ट्रपति हमिद अन्सारीलाई प्रतिस्थापन गर्नेछन् । 
 
भारतका उपराष्ट्रपतिको निर्वाचन भारतीय संसदका दुवै सदनका सदस्यहरुले गोप्य मतदानबाट गर्ने प्रावधान रहेको छ । 

राष्ट्रपति नभएको अवस्थामा जस्तै राष्ट्रपतिको मृत्यु भएमा, राजिनमा दिएमा र भ्रष्टाचारको मुद्धामा राष्ट्रपति हटेको खण्डमा र उनीमाथि महाभियोग लागेर पद रिक्त रहेको अवस्थामा राष्ट्रपतिका रुपमा उपराष्ट्रपतिले नै कार्य सम्पादन गर्ने प्रावधान रहेको छ । रासस/सिन्ह्वा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu