site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
लालू र नीतीशबीच किन भयो बोलचाल बन्द ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतको विहार सरकारका सत्ता साझेदार दुई दल राजद (लालू यादवको पार्टी) र जदयु (नीतीशको पार्टी) बीचको दूरी लगातार बढ्दै गएको छ । यी दुबै दलसहित कांग्रेससहित मिलेर विहारमा सरकार चलाइरहेका छन् भने यिनै दलको नेतृत्वमा भारतमा भाजपाविरोधी महागठबन्धनको समेत परिकल्पना गरिएको छ । 
राजद (आरजेडी) सूत्रलाई सूत्रलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार, नीतीशले महागठबन्धनको नेतृत्वकर्ता कांग्रेससँग स्पष्ट शब्दमा उपमुख्यमन्त्री तेजस्वी यादवले राजीनामा दिनुपर्ने अन्यथा उनलाई सरकारबाट हटाउने बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसै विषयलाई लिएर अहिले लालू र नीतीशबीच बोलचालसमेत बन्द भएको छ । राजदका तर्फबाट उपमुख्यमन्त्री बनेका तेजस्वी यादवविरुद्ध भ्रष्टाचार मुद्दामा एफआइआर दर्ता भएपछि मुख्यमन्त्री नीतीशकुमारले पार्टीको एउटा सम्मेलनमा उपमुख्यमन्त्री तेजस्वी यादवले आफूमाथि लागेका आरोपबारे सफाई दिनुपर्ने बताएका थिए । तेजस्वीलाई होटलको जग्गासम्बन्धी विवादमा सीबीआईले आरोपी बनाएको छ । 
तेजस्वीले उपमुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्नेबारे जदयुले आन्तरिक दबाब बढाउँदै लगेपछि लालू–नीतीश सम्बन्ध असहज बनेको छ । शुभेच्छुकहरूले तेजस्वीलाई नीतीशकुमारसँग गएर सफाई दिन सुझाव दिएका भए पनि तेजस्वीले त्यसो नगर्ने बरु धम्क्याएरै पदमा बसिरहने अडान देखाएका छन् । समाचारमा यही आपसी अहंले गर्दा विहारको सत्ता राजनीतिमा अप्ठ्यारो अवस्था आएको छ । उपमुख्यमन्त्री तेजस्वी लालू यादव र राबडीदेवीका छोरा हुन् ।
सत्ता संकटबारे छलफल गर्न जदयु (जेडीयु) ले आइतबार नीतीशको निवासस्थानमा पार्टीका विधायकहरूको बैठक बोलाएको छ । उक्त बैठकमा नीतीशले कुनै गम्भीर निर्णय लिन सक्ने समाचारमा उल्लेख छ । समाचारअनुसार यसैबारे छलफल गर्न लालू यादवले पनि आफ्नो पार्टीका सांसदलाई बोलाएका छन् । 
 
महागठबन्धनमा चिरा पर्न लागिरहेका बेला शनिबार उपमुख्यमन्त्री तेजस्वी यादव नीतीशसँग सामेल हुने भनिएको एउटा कार्यक्रममा सहभागी भएनन् । समाचारअनुसार उक्त कार्यक्रमको मञ्चमा तेजस्वीको नेमप्लेटलाई पहिले कागजले ढाकियो र पछि हटाइयो । त्यस दिन आरजेडीका अर्का मन्त्री विजयप्रकाशको सिटनजिक बस्नसमेत नीतीश अनिच्छुक देखिएपछि विहार सरकारका सत्ता साझेदार दुई दलबीच निकै गहिरो मनोवैज्ञानिक दूरी बढिसकेको अनुमान गर्न थालिएको छ ।
भ्रष्टाचारको आरोपमा मुछिएका तेजस्वीमाथि कारवाही गर्न जेडीयुले आरजेडीलाई ४ दिनको अल्टिमेटम दिएको थियो । शनिबार उक्त अल्टिमेटमको अवधि सकिएको छ । तर लालू यादव तेजस्वीको प्रतिरक्षामा उत्रिएका छन् र उनले राजीनामा नदिने बताउन थालेका छन् । यदि तेजस्वीले राजीनामा दिएनन् भने नीतीशले उनलाई हटाउन सक्छन् । यस्तो स्थितिमा आरजेडी महागठबन्धनबाट बाहिरिन सक्छ । उक्त परिस्थितिमा जेडीयु र कांंग्रेस मिलेर सरकारका लागि चाहिने बहुमत जुटाउन गाह्रो छ । यस अवस्थामा नीतीशको सरकारलाई भाजपाले समर्थन गर्यो भने मात्र सरकार बच्न सक्छ । नीतीशले भाजपाको समर्थन लिँदाबित्तिकै कांग्रेस पनि नीतीश सरकारलाई समर्थन दिनबाट टाढिने निश्चित छ । त्यसैले समाचारमा नीतीशका सामु अब दुईवटा विकल्प रहेको बताइएको छ, या त विहारमा भाजपासँग गठबन्धन गरेर आरजेडीयु र कांग्रेसलाई बाईबाई गर्ने या सरकार बचाउनका लागि तेजस्वीमाथि कुनै कारवाही नगरेर चूपचाप बस्ने ।
त्यसो त आसन्न राष्ट्रपति चुनावका बेला विहार समस्याले महागठबन्धनमै चिरा पर्न सक्ने सम्भावना बढेपछि यसलाई हल गर्नका लागि कांग्रेस अध्यक्ष सोनिया गान्धी र उपाध्यक्ष राहुल गान्धीसहित नीतीश–लालूका शुभचिन्तकहरूले मध्यममार्गी बाटो खोज्ने कोसिस गरिरहेका छन् । तर त्यस्तो मध्यमार्गी बाटो कुन हो भन्ने कुरा अझै स्पष्ट भएको छैन । यसबीच जेडीयुका वरिष्ठ नेता शरद यादवले शनिबार कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग भेटघाट गरेका छन् । विहारमा महागठबन्धन तोडियो भने त्यसको प्रत्यक्ष फाइदा भाजपालाई हुने बताइन्छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ००:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !