site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले वनकालीस्थित अग्निहोत्री यज्ञशालामा रहेको चार शिवालयमध्ये एक शिवालय किरियापुत्री भवन बनाउनका लागि भत्काएपछि स्थानीयवासीले त्यसको विरोध गरेका छन् । 

सयौँ वर्ष पुरानो पुरातात्विक महत्वको मन्दिर पुरातत्व विभागसँगको बिनासमन्वय र मुचुल्कासमेत नउठाइ भत्काएर सांस्कृतिक सम्पदामाथि आक्रमण गरिएको स्थानीयवासीको आरोप छ । 

बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले किरियापुत्री भवन बनाउन कोषलाई रु एक करोड ५० लाख उपलब्ध गराएको छ । किरियापुत्री भवन बनाउनका लागि कोषले शनिबार शिवालय भत्काइएको स्थानीय जलदराज वैद्यले बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“शनिबारको बिदामा पुरातात्विक सम्पदा भत्काइएछ, यसकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पुरातत्व विभागमा उजुरी गर्छौं, मन्दिरमा रहेको मूर्ति र गर्भगृहमा रहेका अमूल्य निधि कहाँ गए ? त्यसको विवरण चाहिन्छ, मन्दिरमा एउटा भैरवको मूर्तिमात्र भएको विवरण कोषले देखाएको छ”– उनले भने। 

काठमाडौँ महानगरपालिका वडा नं ८ का अध्यक्ष दीनेश डङ्गोल मन्दिर डोजरले भत्काएपछि मात्र थाहा पाएको बताउँछन् । “मन्दिर रहेको पुरातात्विक स्थलमा किरियापुत्री भवन बनाउन नदिने निर्णय जनप्रतिनिधि र स्थानीयवासीबाट भएको छ, कोषसँग आजै भएको छलफलमा मन्दिरजस्ताको त्यस्तै बनाउने निर्णय भएको छ”– उनले भने। 

Royal Enfield Island Ad

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेती किरियापुत्रीको माग आएकाले जीर्ण भएको मन्दिर भत्काएको दाबी गर्छन् । “मन्दिरको स्वरुप थियो, कुनै मूर्ति र बहुमूल्य पुरातात्विक सामग्री थिएन, मन्दिरको स्वरुपमा अग्निहोत्रीशालाको दाउरा राखिन्थ्यो”– उनले भने । 

मन्दिर भत्काएका विषयमा महानगरीय प्रहरीवृत्त गौशालामा कुनै जानकारी प्राप्त नभएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । 

कोषका पूर्वसदस्य सचिव डा गोविन्द टन्डन भत्काइएको संरचना शिवालय नभई अग्निहोत्रीशालाको दाउरा राख्ने घर भएको र पुरातत्व विभागको पूर्वस्वीकृति लिई त्यसलाई भत्काइएको बताउँछन् । 

यस सम्बन्धमा पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर र भत्काइएको संरचनाको स्थलगत अध्ययनमा जानुभएका पुरातत्व अधिकृत देवेन्द्र भट्टराईसँग पटकपटक सम्पर्क गर्दा पनि उनीहरुले स्पष्ट जवाफ दिएनन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २६, २०७४  ०२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro