site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रोभिजन राइटब्याकले सामान्य बढ्यो सनराइज बैंकको नाफा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको सोही अवधिको भन्दा खुद मुनाफा सामान्य बढेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले पुस मसान्तसम्ममा ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५० लाख २४ हजार रुपैयाँ अर्थात् ०.५३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९४ करोड ४३ लाख ८८ हजार रुपैयाँ खुद मुनााफा आर्जन गरेको थियो ।

बैंकको पुस मसान्तसम्मको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंककले क्यापिटल रिडेम्सन रिजर्भमा ३७ करोड ५० लाख रेगुलेटरी रिजर्भमा १८ करोड ३९ लाख ७९ हजार रुपैयाँ प्रोभिजन गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैंकको खुद ब्याज आम्दानीसँगै कमिसन आम्दानी घटे पनि उल्लेख्य रुपमा प्रोभिजन राइट ब्याक गर्दा खुद नाफा बढेको छ । पुस मसान्तसम्ममा बैंकले १ अर्ब ८१ करोड ५८ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड ७४ लाख ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले पुस मसान्तसम्ममा २ अर्ब ४६ करोड ७६ लाख १२ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ६९ करोड ७७ लाख ४६ हजार रहेको थियो । बैंकले प्रोभिजनबाट ९ करोड ६ लाख ३७ हजार राइट ब्याक गरेको छ । तर, बैंकको नेट प्राभिजन रकम कति हो भन्ने वित्तीय विवरणमा देखाएको छैन । गत आर्थिक वर्षको यही अवधिमा बैंकले सम्भावित कर्जा जोखिमको लागि २४ करोड ४९ लाख ७१ हजार छुट्याएको थियो । 
बैंकले पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड ६३ लाख ३ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्दा ४० करोड ६८ लाख ९१ हजार कर तिरेको छ । 

Royal Enfield Island Ad

पुस मसान्तमा बैंकले ९२ अर्ब ४० करोड ७५ लाख ७७ हजार निक्षेप संकलन गरेर ८६ अर्ब ७६ करोड ७४ लाख ३४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको अन्तिम असार मसान्तमा बैंकले ९० अर्ब २२ करोड ३२ लाख ७२ हजार निक्षेप संकलन गरेर ८१ अर्ब ०१ करोड ८५ लाख ९८ हजार कर्जा लगानी गरेको छ ।

पुस मसान्तमा बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रहेको छ । यस्तै, बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख र सेयरधनी सञ्चित कोष (रिटेन अर्निङ) मा ७९ करोड ३४ लाख ९१ हजार रुपैयाँ छ । 

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १ पैसा, प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १३.४९ गुणा रहेको छ । यस्तै, पुस मसान्तमा बैंकको आधार ब्याजदर ७.२९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको आधार ब्याजदर ९.९९ प्रतिशत रहेको थियो । यस्तै, कर्जा र निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर (स्प्रेड रेट) ४.१० प्रतिशत छ । गत वर्षको सोही अवधिमा बैंकको स्प्रेड दर ५.१४ प्रतिशत थियो । 

कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) ७७.१८ प्रतिशत, कोषको लागत ५.१४ प्रतिशत रहेको छ । कोभिड प्रभावमा पनि बैंककोे निष्कृय कर्जा घटेको छ ।  गत वर्ष १.६९ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा चालु आर्थिक वर्षको पुस मसान्तमा घटेर १.०६ प्रतिशत कायम भएको छ । बैंकको पुँजीकोष अनुपात १४.५३ प्रतिशत रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro