काठमाडौं । प्रिमियर लिगको लिग लिडर म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
आइतबार राति भएको चौथो चरणमा लिभरपुललाई ३–२ गोल अन्तरले हराउँदै युनाइटेडले आफूलाई अघिल्लो चरणमा स्थापित गरेको हो ।
ओल्ड ट्राफोर्डमा सुरुआती अग्रता जोगानउ नसक्दा लिभरपुल पराजित हुन पुगेको हो ।
खेलको १८ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
२६ औं मिनेटमा मासन ग्रीनउडले युनाइटेडका लागि बराबरी गोल फर्काए । ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाए ।
लिभरपुलका लागि खेलको ५८ औं मिनेटमा सालहाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याए ।
ब्रुनो फर्नान्डेसले खेलको ७८ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै युनाइटेडलाई ३–२ गोलको जित दिलाए ।
अब युनाइटेडले पाँचौं चरणमा वेस्ट ह्यामसँ खेल्ने छ ।