site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१० प्रतिशत ब्याज पाइने वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्यो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । वैदेशिक रोजगारीमा रहेकाले १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्ने अवसर खुला भएको छ ।

नेपाल राष्ट्र बैंकले माघ ९ गतेदेखि ५० करोड रुपैयाँ बराबरको पाँचवर्षे वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको हो । वैदेशिक रोजगार बचतपत्र २०८२ ‘ख’ नाम दिइएको उक्त बचतपत्रमा माघ ९ गतेदेखि फागुन २ गतेसम्म आवेदन दिने सकिनेछ । राष्ट्र बैंकले प्राप्त आवेदनको आधारमा फागुन ८ गतेसम्म निष्कासन गर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

१० प्रतिशत ब्याजदर रहेको बचतपत्रको ब्याज ६/६ महिनामा भुक्तानी हुनेछ भने २०८२ फागुन ८ गते सावाँ फिर्ता हुनेछ । यो बचतपत्रमा मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली वा मुलुकबाहिरको रोजगारीबाट फोर्केको ६ महिना नपुगेको नेपाली नागरिकका साथै गैरआवासीय नेपाली नागरिक आफू अथवा परिवारको सदस्यमार्फत लगानी गर्न सक्नेछन् । यस बचतपत्र धितो राखेर बैंकबाट कर्जा लिन र दिने सकिने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल सरकारले चालु आर्थिक वर्षमा दुई खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोहीअनुसार राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण उठाउने कार्यतालिकाअनुसार वैदेशिक रोजगार बचतपत्र निष्कासन बिक्री खुला गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement