site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
`प्रतिनिधि सभाकाे हाेइन प्रधानमन्त्रीकाे निर्वाचन जरूरी छ ´
SkywellSkywell

काठमाडौं । अधिवक्ता शालिकराम सापकाेटाले प्रतिनिधिसभा ५ वर्ष नै ताजा हुने भन्दै प्रधानमन्त्रीले चाहेकाे बेलामा ताजा जनादेशमा जान नमिल्ने बताएका छन् ।  सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धमा बहस गर्दै उनले  अहिलेकाे संसद विघटन असंवैधानिक भएकाे पनि बताए । 

``प्रतिनिधिसभालाई अविश्वास गर्ने अधिकार प्रधानमन्त्रीलाई दिइएकाे छैन । ५ वर्षका लागि प्रतिनिधि सभा ताजा हाे ,´´ उनले भने, ``अहिले चुनाव जरूरी छ ? प्रधानमन्त्रीकाे चुनाव जरूरी छ । ´´

Dabur Nepal
NIC Asia

उनले संविधानकाे धारा ७६(१), (७) र ८५ लाई आधारभूत आधार बनाएर गरिएकाे  विघटन दूराशयपूर्ण भएकाे पनि बताए । 

अधिवक्ता नरहरी आचार्यले  विघटनकाे सिफारिसमा संविधानकाे धारा उल्लेख नहुनु नै  संविधानमा विघटनकाे व्यवस्था छैन भन्ने प्रमाण भएकाे बताए ।

अधिवक्ता सुलाेचना धितालले संविधानसभाले संविधान बनाउँदा स्थिरतामा जाेड दिएकाे बताइन् ।  दुई वर्षसम्म अविश्वासकाे प्रस्ताव ल्याउननसक्ने व्यवस्था संविधानमै राखेर स्थीरता खाेजिएकाे भन्दै विघटन असंवैधानिक भएकाे बताइन् । संविधानकाे मर्मभित्र रहेर अदालतले न्याय निरूपण गर्नुपर्ने उनले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu