site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल इन्भेष्टमेन्ट बैंकको स्प्रेड रेट घट्दा आम्दानीसँगै खुद मुनाफा पनि घट्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास गत वर्षकोभन्दा खुद मुनाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले पुस मसान्तसम्ममा १ अर्ब ५८ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ७ करोड ९५ लाख ३ हजार रुपैयाँ अथात् ४.७७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६८ करोड  ७७ लाख १ हजार रुपैयाँ खुद मुनााफा आर्जन गरेको थियो ।

बैंकको पुस मसान्तसम्मको वितरणयोग्य मुनाफा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ रहेको छ । रेगुलेटरी रिजर्भमा ५० करोड ८८ लाख ६५ हजार  र  डिवेन्चर रिडेम्सन रिजर्भ (ऋणपत्र)मा २५ करोड ३५ लाख ७१ हजार रुपैयाँ प्रोभिजन गर्दा बैंकको वितरणयोग्य मुनाफा कम देखिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैंकको खुद ब्याज आम्दानीसँगै अन्य आम्दानीमा पनि घट्दा सञ्चालन आम्दानी र सञ्चालन मुनाफा पनि घटेको छ । पुस मसान्तसम्ममा बैंकले २ अर्ब ९८ करोड २४ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३ करोड ३३ लाख ५५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले पुस मसान्तसम्ममा ३ अर्ब ९८ करोड ७५ लाख ८ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब २३ करोड ३८ लाख ९८ हजार रहेको थियो । कुल सञ्चालन आम्दानीमध्ये बैंकले ३६ करोड ७६ लाख ९१ हजार रुपैयाँ सम्भावित कर्जा नोक्सानबापतको लागि प्रोभिजन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले ५५ करोड ९० लाख ९५ हजार प्रोभिजन गरेकोमा बैंकको प्रोभिजन घटेको देखिन्छ ।

Royal Enfield Island Ad

बैंकले पुस मसान्तसम्ममा २ अर्ब ३३ करोड १३ लाख १० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्दा ६७ करोड ९९ लाख ७७ हजार कर तिरेको छ । यस अवधिमा बैंकले ६ करोड ४७ लाख २६ हजार गैरसञ्चालन आम्दानी गरेको छ ।

पुस मसान्तमा बैंकले १ खर्ब ६६ अर्ब ३५ करोड ६७ लाख ६३ हजार निक्षेप संकलन गरेर १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख १६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको अन्तिम असार मसान्तमा बैंकले १ खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार निक्षेप संकलन गरेर १ खर्ब ३८ अर्ब ८ करोड २० लाख ९९ हजार कर्जा लगानी गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेर पारित गर्न बाँकी रहेको बैंकको पुस मसान्तको चुक्ता पुँजी  १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रहेको छ । बैंकले उक्त चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै आजै वार्षिक साधारणसभा बोलाएको हो ।

यस्तै, बैंकको जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख र सेयरधनी सञ्चित कोष (रिटेन अर्निङ) मा ३ अर्ब ११ करोड ६२ लाख २४ हजार रुपैयाँ रहेको छ । प्रस्तावित १८.५ प्रतिशत लाभांश पारित हुँदा बैंकको रिटेर्न अर्निङ घट्नेछ भने चुक्ता पुँजी बढनेछ ।

बैंकको पुस मसान्तसम्मको वित्तीय विवरणको आधारमा प्रस्तावित बोनस सेयरलाई समायोजन गरेपछिको वार्षिक प्रतिसेयर आम्दानी  १९ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात २४.६१ गुणा रहेको छ ।

यस्तै, पुस मसान्तमा बैंकको आधार ब्याजदर ६.५६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको आधार ब्याजदर ८.५३ प्रतिशत रहेको थियो । यस्तै, कर्जा र निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर (स्प्रेड रेट) ४.१४ प्रतिशत छ । गत वर्षको सोही अवधिमा ५.१६ प्रतिशत रहेको बैंकको स्प्रेड रेटमा राष्ट्र बैंकले कडाइ गर्दा बैंकको व्यवसाय वृद्धि हुँदासमेत ब्याज खुद ब्याज आम्दानीमा संकुचन आएको छ ।

कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) ७४.०७ प्रतिशत, कोषको लागत ४.६९ प्रतिशत रहेको छ । कोभिड प्रभावमा पनि बैंकले निष्कृय कर्जा भने घटाएको छ । गत वर्ष २.९० प्रतिशत रहेको बैंकको निष्कृय कर्जा चालु आर्थिक वर्षको पुस मसान्तमा घटेर २.७५ प्रतिशत कायम भएको छ । बैंकको पुँजीकोष अनुपात १३.९८ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्रोतको ८५ प्रतिशतसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेकोमा सीसीडी ७४ प्रतिशत मात्रै रहेकोले आगामी दिनमा बैंकले व्यवसाय विस्तार गर्न पर्याप्त स्रोत रहेको देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro