site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा बस र ट्रक ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५, कालिका पेट्रोलपम्पनजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौंबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नम्बरको ट्रक एकापसमा ठक्कर खाएको थियो । ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट, चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा संग्रौला र ट्रकका सहचालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह घाइते भएका छन् ।

घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

ठक्कर खाने ट्रकका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् । रासस
प्रतीकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro